बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीअधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयद्वारा गृहलाई पत्र

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीअधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयद्वारा गृहलाई पत्र

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौँ ,१ साउन । सशस्त्र प्रहरी मुख्यालयले दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न भनि गृहमा पत्र पठाएको छ ।
पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् ।
एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।
चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी सँग समन्वय गरेर उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले एसएसपी अधिकारीलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

अधिकारी गतवर्ष मात्रै लामापाटनमा सरुवा भएका थिए । ‘बलात्कार आरोपमा एसएसपी अधिकारी विरुद्ध उजुरी परेपछि उनीमाथि लागेको कसुरको टुंगो नलागेसम्म निलम्बन गर्न गृहलाई पत्र पठाएका छौं,’ सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

अधिकारी पक्राउ परेपछि सशस्त्रको लामापाटन शिक्षालयले पक्राउ पुर्जी र कसुरको विवरण फ्याक्स गरेर मुख्यालयमा पठाएको थियो ।

उनी आजैबाट निलम्बनमा पर्नेछन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ