रिक्त दुई एआईजी पदमा शाही र कार्कीको बढुवा सिफारिस

रिक्त दुई एआईजी पदमा शाही र कार्कीको बढुवा सिफारिस

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ,१ साउन । सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्‍न कार्कीलाई सिफारिस गरेको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले रिक्त दुई एआईजी पदको लागी शाही र कार्की लाई सिफारिस गरेको हो।

कार्की प्रहरी प्रधान कार्यालयकै विशेष व्यूरोमा कार्यरत छन् भने शाही प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।
बढुवा सिफारिस भएका शाहीले ७१.४९६१ र कार्कीले ६८.७२६७ अंक पाएका छन् ।
शाही र कार्की दुवैजना असार २५ गते महानिरीक्षकमा बढुवा भएका शैलेश थापा क्षत्रीका ब्याजी हुन् ।

महानिरीक्षकमा शैलेश थापाको बढुवा भएपछि १ र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अनिवार्य अवकाश पाएपछि अर्को एआईजी पद रिक्त थियो । २०५८ फागुन १० मा डिएसपी, ०६७ मा पुस २० मा एसपी, ०७४ साउन १९ मा एसएसपी र ०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए ।

दुवैजना २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ