कोरोनाबाट थप एक को मृत्यु, मृतकको संख्या ३९ पुग्यो

कोरोनाबाट थप एक को मृत्यु, मृतकको संख्या ३९ पुग्यो

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असार ३१ काठमाण्डौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार बुधबार रौतहटका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो।

रौतहटका ३६ वर्षीय पुरुषको बुधबार दिउँसो साढे २ बजे निधन भएको मन्त्रालयले जनाएको छ। असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो।

असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको मन्त्रालयले जनाएको छ । यो सगैँ कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ