काठमाडौं असार ३१ । नेपालका सुपरस्टार नायक राजेश हमालले सार्वजनिक स्थलमा अभिव्यक्ति राख्दा अरुलाई चोट पुर्याउने गरी अभिब्यक्ति नदिन आग्रह गरेका छन् ।
केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका विषयलाई लक्षित गर्दै हमालले यस्तो आग्रह गरेका हुन ।
मंगलबार राती फेसबुकमार्फत आफ्नो धारणा राख्दै हमालले कलाकार दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई माफी दिन फ्यान एवं समर्थक शुभचिन्तकलाई आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मानवताका लागि उनलाई माफी दिनुपर्छ ।’
मेरो अनुरोध छ, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला,’ उनले भनेका छन् ।
‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो। भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर यहाँहरुबाट कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु। हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला’, उनले भनेका छन् ।
हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेकोमा उनले दुःख पनि ब्यक्त गरेका छन् ।
उनले भने–‘अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति मात्र प्रकट गरौं ।’
राजेश हमाल नेपाली सिने क्षेत्रमा सबै भन्दा धेरै फिल्म खेलेका चर्चित र कम विवादीत अभिनेता हुन् ।
https://www.facebook.com/rajesh.hamal.5872682/videos/2678942862320554/