पहिरोको निरीक्षण गर्न गएका पूर्व गाविस अध्यक्ष ईमानसिंह आफैलाई पुर्यो पहिरोले !

पहिरोको निरीक्षण गर्न गएका पूर्व गाविस अध्यक्ष ईमानसिंह आफैलाई पुर्यो पहिरोले !

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असार ३० स्याङजा । स्याङजाको बिर्घामा पहिरोको निरीक्षण गर्न भनेर हिँडेका पूर्व गाविस अध्यक्ष ईमान सिंह राना आफैलाई पहिरोले बगाँउदा उनको मृत्यु भएको छ । घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।
जिल्लाको कालिगण्डकी गाँउपालिका वडा नं. ४ मा खहरेमा गएको पहिरोमा परेर खहरेकै इमानसिंह रानाको मृत्यु भएको हो । राना सविकको बिर्घा गाविसका पूर्व अध्यक्ष थिए । पहिरोमा पुरिएका तीन जना अझै बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी रहेको छ । आज बिहान वडा सदस्य पाण्डे, पूर्व गाविस अध्यक्ष रानासहितको टोली निरीक्षणकालागि हिडेको थियो। पैदलै हिड्दै गर्दा बस्ती नजिकै माथिबाट झरेको पहिरोले ६ जनाको टोलीलाई बाटोमै पुरको हो।
पहिरोबाट घाईते भएका वडा नं ४ कै वडा सदस्य होमनाथ पाण्डेको जिब्रो काटिएको र अर्का स्थानीय विरबहादुर राना घाइते छन्। अहिले सो क्षेत्रमा उद्धारका लागि सेना र प्रहरीको टोली परिचालित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ