चिया पसलबाट लागु औषध बरामद, ३ जना पक्राउ !

चिया पसलबाट लागु औषध बरामद, ३ जना पक्राउ !

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

मोरङ, असार ३० गते । मोरङको बिराटनगर महानगरपालिका-१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ ।
उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध Dialex dc  १ बोतल, Codeine phosphate २ बोतल र Nitravet ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट Dialex dc  ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो ।
लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर-१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ