विराटनगर, ३० असार । प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७पुरुष र पूर्वाञ्चलविश्वविद्यालयकोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
डिस्चार्ज भएकामामोरङका १६,उदयपुरका १३, सुनसरीका २,झापाका ५, इलाम र पाँचथरका १–१जना रहेको छन् । प्रदेश १मा डिस्चार्ज हुनेको संख्या ६ सय४२ पुगेको छ ।

प्रदेश १ मा आज ६जना कोरोना संक्रमितथपिएका छन् । धनकुटामा ३, झापा, सुनसरी र ते¥हथुममा १–१ जनामाकोरोना संक्रमण देखिएको छ ।
सामाजिकविकास मन्त्रालयकाअनुसार धनुकुटाको छथर जोरपाटीमा २ पुरुष, शहिदभूमीमा १ पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र ते¥हथुमको म्याङलुङमा १पुरुषमाकोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ रहेको छ ।
