प्रहरी साथीहरु सहकार्य गरौँ युद्ध होईन

प्रहरी साथीहरु सहकार्य गरौँ युद्ध होईन

  • मङ्लबार, असार ३०, २०७७
  • -तुफान सिंह कालीकोटे

  • 19.6K
    SHARES

कोरोना महामारी, लकडाउन, बाढी पहिरोको यत्रो वितण्डा । यस्तो चरम मानवीय संकटको समयमा पनि प्रहरी साथीहरु विप्लवका नेता कार्यकर्ता खोज्न हतकडी बोकेर हिड्नु भएको छ । हुनतः यो अनौठो होईन, दलाल सत्ताको आदेशले उहाँहरुको चाहनाले होईन । चौबिसै घण्टा ड्युटीकै तनावमा रहने प्रहरी साथीहरुलाई आदेशै त्यही भएका कारण जागिर जोगाउन पनि आउनै परेको होला शायद । तर एक छिन् सोच्नुस् त साथीहरु । यत्रो आजको मानवीय संकटका लागि राज्यले के गर्दैछ ? लाखौँ नागरिकहरुको जीवन कुन ठाँउमा छ र दलाल नेताहरुको जीवनशैली ऐश आरामको कसरी बनिरहेको छ ?
तपाई जागिरै खाने साथीहरुको पनि घर व्यवहार चलाउन कति गाह्रो छ ? परिवार भन्न पाउनु भएको छैन , जतिखेरै जहाँ सुकै खट्नु परीरहेको छ । यति गर्दा पनि तपाई सन्तुष्ट हुनुहुन्छ ? तपाईको आवस्यकता पुरा भएको छ ? धेरैतिरबाट हेर्दा त्यस्तो देखिदैन । अनि हामी क्रान्तिकारीहरु ? के हामी खान नपाएर , काम नपाएर क्रान्तिको कुरा गर्दै जनताको घर दैलोमा हिड्दै छौ त ? हामीले क्रान्तिको कुरा किन सारेका छौँ त ? हाम्रो क्रान्तिको मुख्य आशय भनेको दलाल राज्य व्यवस्थाको अन्त्य हो कुनै व्यक्ति, समुह या पार्टी हैन । जब सम्म दलाल प्रणाली रहन्छ , तब सम्म देश स्वाधीन, स्वतन्त्र र विकसित एवं समृद्ध र समतामुलक बन्न सक्दैन ।
अनि जब सम्म न्याय, कानुन र व्यवहारमा सबैमानिसहरु समान हैसियतका हुदैनन्, एकातिर दलालहरुले देशको ढुकुटीमा ब्रम्हलुट गरिरहन्छन् भने अर्कोतिर जनताको शीरमा रिणको भारी बढ्दै जान्छ । जनताको जीवनस्तर धान्न मुस्किल पर्ने छ । जब जनता संकटमा पर्ने छ तब राज्य सत्ताले कसरी वेवास्ता गर्ने भन्ने कुराको उदाहरण काठमाण्डौँबाट गाँउ फर्कने मजदुरहरुको दृष्य र बर्षमा १० खर्ब बढी रेमिट्यान्स पठाउने युवाहरुलाई स्वदेशमा उद्धार गरेर ल्याउन उल्टै महंगो टिकट र घर सम्मै पैसा छर्दै जानु परेको र पैसा नभएर कतिपय आउन नपाएको सानो दृष्यबाट काफी स्पष्ट हुन्छ । यही व्यवस्थाका कारण तपाई २० देखि ३० बर्ष प्रहरीमा जागिर खाएर पनि जीवन पुरै नचल्ने देखे पछि जागिर छाडेको भोलीपल्ट कता सेक्युरीटी गार्डको जागिर खोज्न या अरु बिकल्प तिर लाग्नु पर्ने स्थिति छ । भनेको जीवन निर्वाहको पूर्ण ग्यारेन्टी छैन । यो असमानताको स्पष्ट चित्र हो । यस्तो स्थितिमा नागरिकको हक, अधिकार, राजनीतिक अधिकार सबैलाई बराबरी छ ।

दलाल राज्यको अन्तिम असत्र युद्ध,,बिश्व कोरोना महामारीको चपेटामा भएको बेला तेस्को प्रत्यक्ष असर यति बेला नेपाललाई पनि परेको छ एसै क्रममा बिद्रोहि नेकपाले आफ्नो राजनीति कार्यक्रमलाई स्थगित गर्दै लकडाउनको पालना गरि होम क्वारेन्टाइनमा मा बस्दै आएको तपाईं हामी सबैलाई जानकारी छ । यस्तो संकटका बेला पनि निर्दोष नेताकार्यकर्ता लाई धरपकट गर्दै विभिन्न बाहाना बाजिमा गिरफ्तारको प्रक्रिया अहिले पनि अगाडि बढीरहनु निकै दुखदः कुरा हो ।
भर्खरै बैतडिमा आफ्नै घरमा बसेका स्थानीय युवालाई फाइरिङ गरि बिप्लवको कार्यकर्ता भन्दै नियन्त्रणमा लिएको अर्को तिर सल्यान जिल्ला इन्चार्ज लाई आफ्नै घरमा बसेको बेला गुन्डा सैलिमा परिचालित सिआईडी पुलिसले गिरफ्तार गरि हत्कडी लगाउदा स्थानीय बासिन्दाले प्रतिकार गरेपछी उनिहरु भागेको देखिन्छ । यो सबै घटनाले के जनाउछ भने दलाल फादिबादी सरकारले जबर्जस्त नेकपा लाई युद्धमा लैजाने रणनीति गर्न लाएको बुझ्न सकिन्छ ।
देशमा युद्ध थोपार्दा सरकारलाई आफ्नो आन्तरीक संकट टार्न सजिलो हुने छ । हतियार माफीयाहरुलाई सेना प्रहरीलाई हतियार सप्लाई गर्दा आउने कमिसनको लोभ हुन्छ । अरुको अरुनै स्वार्थ हुने छ ।
हामी आजको दिनमा युद्ध लड्न नसकेर हैन, देशमा शान्ति, समृद्धि र विकासको निम्ती वैज्ञानिक समाजवाद लागू गर्नु पर्छ भनेर जनतालाई पैरवी गरीरहेका छौँ । संगठन बनाईरहेका छौँ । जनताको राहत र उद्धारमा खटिएका छौँ । राष्ट्रियताको दृष्टिले एमसीसीको बिरोधमा छौँ र नेपालको गुमेको भूमि फिर्ता ल्याउनु पर्ने अभियानमा छौँ । ओली सरकारले परिवर्तनकारी शक्तिमाथि प्रतिवन्ध गरेर आफ्नो कुर्सी लामो समय जोगाउने रणनीति लिएको देखिन्छ ।
यस्तोमा सबै सेना, प्रहरी दाजुभाईले बुझ्नु पर्दछ कि हाम्रो क्रान्ति तपाईहरुको बिरुद्धमा हैन । बरु यो क्रान्तिले ल्याउने परिवर्तन तपाईको पनि पक्षमा छ ।
हामी लाई बाध्य नपारियोस हामिले बारम्बार भन्दै आएको कुरा केहो भने अहिलेको हाम्रो लडाइँ कुनै आर्मी पुलिस सङ्ग नभएर कथित दलाल ,भ्रष्टाचारि ,र घुस, खोरी माफिया ,रास्ट्रघाती, हरुसङको हाम्रो लडाई हो ।
हाम्रो यो स्पष्ट सन्देशका बीच पनि हामीमाथि निरन्तर दमनको नीति अख्तियार गरीन्छ । धरपकड जारी राखिन्छ भने त्यसको प्रतिरोध गर्नुृ हाम्रो अधिकार र कर्तव्य दुबै हो । भोली हामीले प्रतिरोध गर्न बाध्य भएको स्थितिमा के हुने छ त परिणाम ? त्यसैले रास्ट्रिय स्वधिनताको लडाइँमा तपाईं हामीले एक ठाउमा आएर यो ब्यबस्थाको विरुद्ध लड्नुको अर्को विकल्प छैन जहाँछौ तेहिबाट एकीकृत जनक्रान्तिको महान अभियानमा सहभागी बनौँ । त्यसैले हामीमाथि धरपकड हैन सहकार्यका लागि जुट्नुस् । जहाँ देशको भलो हुने छ । तपाई हतकडी लाउन हैन हात मिलाउन तयार हुनु्स् । दलाल सत्ताले तपाईलाई बक्सिस दिएको जागिर हैन जनताको करबाट र तपाईको मेहेनतबाट देशको सेवाका लागि खानु भएको हो । तसर्थ, परिवर्तनको बाधक हैन साधक बनौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी