कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

  • मङ्लबार, असार ३०, २०७७
  • -डम्मर राज भट्ट

  • 9K
    SHARES

कन्चनपुर, ३० असार । कन्चनपुर जिल्लाको पूर्वी भागमा रहेको कृष्णपुर नगरपालिकामा आइसोलेसन र क्वारेन्टेनमा बसेका व्यक्तिहरूका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । युनिसेफ, फुसिन र छायाँ नेपालसंगको साझेदारीमा निड्स नेपालले नगरपालिकालाई सहयोग गरेको छ ।
कृष्णपुरका मेयर कर्ण बहादुर हमाललाई सोमबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । ती सामाग्रीमा सर्जिकल मास्क ७ सय थान, सेनिटाइजर १ सय बोतल, पीपीई सेट १५ थान, सर्जिकल ग्लोभ्स २ सय जोडा, ह्याण्डवास लिक्कुइड १ सय बोतल, हार्पिक र ब्रस २०९२० छन् ।

यसैगरी ब्याड सिट १ सय थान, झुल सिङ्गल वेड १ सय थान, विद्युतीय पानी तताउने जग ३ थान, सेनिटरी प्याड ५० प्याकेट, महिलाको इनर वेयर ५० थान, व्लिचिङ पाउडर ५० किलो, हाइजिन कीट ३० थान, बाल्टिन र जग ३०९३० थान हस्तान्तरण छ ।

कार्यक्रममा मेयर हमाल सहित संस्थाका सह कार्यकारी निर्देशक प्रकाश चन्द्र मडै, नगरपालिकाका स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मेयर हमालले संस्थाले संकटको घडीमा गरेको सहयोग सराहनीय भएको बताए । सरोकारवालासंग सहयोगका लागि नगरले अपिल गरेको र संस्थाहरुले उक्त अपिललाई स्विकार्दै सुरक्षा सामाग्री प्रदान गरेर सहयोगी गरेकोमा धन्यवाद समेत दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ