लकडाउनको मौका छोपी फेरी बढ्यो तस्करी, प्रहरी मुकदर्शक किन ?

लकडाउनको मौका छोपी फेरी बढ्यो तस्करी, प्रहरी मुकदर्शक किन ?

  • मङ्लबार, असार ३०, २०७७
  • दिपक चौरसिया

  • 12.7K
    SHARES

वीरगन्ज २९ असार । कोरोना संक्रमण रोकथामका लागि मुलुकमा गरिएको लकडाउनको मौका छोप्दै पर्साका सीमा क्षेत्रबाट पुनः तस्करी मौलाएको छ । प्रहरीले समेत ती तस्करहरुको वेवास्ता गरेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । नेपाल भारत मुल प्रवेशद्वार वीरगन्ज भन्सार क्षेत्रमा मानिसलाई आवागमनमा पूर्ण रुपमा रोक लगाएपनि चोर बाटो हुँदै खुलेयाम तस्करी भइरहेको छ ।

वीरगन्ज भन्सार क्षेत्रमा कडाई गरेर प्रहरीले तस्करी रोकेको देखाई ग्रामीण भेगबाट खुलेयाम तस्करीको लाइन खोलेको स्थानीयको आरोप छ ।
नेपाल भारत सिमा नाकामा पर्ने पर्सा स्थितका ग्रामीण भेगका चौकीहरुले तस्करी नियन्त्रणमा किन वेवास्ता गरीरहेका छन् ? पर्साको इनर्वा, छपकैया, सिर्सिया, अलौं, झौँवा, अमरपट्टि, इटियाँही, भिस्वा, जानकीटोला लगायतका स्थानबाट खुलेयाम तस्करी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक रविभूषण यादवले सिमा नाकाका चौकीहरुमा सेटिङ्गमा मिलाई इन्चार्जहरुलाई पठाउने गरेको दावी स्रोतको छ ।
आप्mनो अनुकुलताका प्रहरी नायब निरीक्षक तथा प्रहरी सहायक निरीक्षकहरुलाई महिनावारी सेटिङ्ग मिलाई सिमा क्षेत्रका चोकीहरुमा पठाउने गरेको आरोप लाग्ने गरेको छ । महिनावारी सेटिङ्गमा गएका प्रहरी सहायक निरीक्षक तथा प्रहरी नायब निरीक्षकहरुले काम कर्तव्य भन्दा पनि कसरी बढि पैसा असुल्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको छ जसले गर्दा तस्करी बढेको छ । प्रनि यादवले आफ्ना नजिकका व्यक्तिहरुलाई बढि प्राथमिक्तामा राखेर तस्करी कार्यलाई निरन्तरता दिएका छन् ।

प्रहरी युनियका इन्चार्जहरुलाई परिवर्तन गर्ने प्रहरी नायब उपरीक्षक तथा प्रहरी उपरीक्षकको जिम्मा रहेकोमा प्रनि यादवले आफै चलखेल गरि आफ्ना विश्वासिलो पात्रहरुलाई सिमा क्षेत्रका चौकीहरुका इन्चार्ज बनाएर पैसा असुली गर्नमा तल्लिन बनेका छन् । लकडाउनले मुलुक नै प्रभावित बनेको बेला नेपालकै आर्थिक नगरीको रुपमा रहेको वीरगन्जबाट कसरी बढि भन्दा बढि कमाउन सकिन्छ भन्ने मनसायमा रहेको यस्ता कार्यबाट पुष्टि हुन्छ । लकडाउनको बेला नेपाल बन्द रहेको अवस्थामा सिमा क्षेत्रका प्रहरी चौकीका इन्चार्जहरुले वेवास्ता गर्दा या पैसा असुलिमा लागेर किन खुलेआम तस्करी भईरहेको छ ? नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने ।


यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले मुख्य नाकामा कडाई भएसँगै चोर नाकाहरुबाट तस्करी भइरहेको पाएका छौं, तर त्यसमा हामीले एकदम कडाई गरेको बताए । ग्रामीण भेगका सिमा क्षेत्रका चौकी इन्चार्जहरुले बेलाबखत तस्करीका सामानहरु बरामद पनि गर्ने गरेका छन् र त्यसलाई आवश्यक कारवाहीको लागि भन्सार पनि बुझाउने कार्य गर्दै आएको भन्दै एसपीले कडाई गर्दागर्दै पनि केही मात्रामा तस्करी भइरहेको स्वीकारे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ