मास्क नलगाई बुद्धशान्तिमा हिँडे कार्वाही हुने 

मास्क नलगाई बुद्धशान्तिमा हिँडे कार्वाही हुने 

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरलले आज एक कार्यक्रमका बिच माक्स नलगाई घर बाहिर निस्किएको देखा परेमा कानुनी कार्वाही समेत हुन सक्ने चेतावनी दिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबारेको बालुवाटार चौकमा गरिएको एक कार्यक्रममा बोल्दै सम्पूर्णलाई माक्सको अनिवार्य प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

मास्क नलगाई आएका तथा राजमार्गमा मास्क नलगाई सवारी चलाईरहेका केहीलाई रोकेर केही समय गोलो सर्कलमा उभ्याई मास्कको प्रयोगका बारेमा जानकारी समेत गराइएको कार्यक्रममा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने दबाई समेत वितरण गरिएको थियो ।

कार्यक्रमको सहआयोजक समेत रहेको बुधबारे जेसिजले निशुल्क रुपमा उपलब्ध गराएको मास्क र सहआयोजककै रुपमा रहेको जोइन्ट हेन्ड युथ सोसाईटीले उपलब्ध गराएको रोग प्रतिरोधात्मक दबाइ करिब ३०० परिवारलाई वितरण हुने गरि निशुल्क उपलब्ध गराएको जेइन्ट हेन्डका अध्यक्ष संजिल प्रसाईले बताए ।

त्यस्तै कार्यक्रमका सभाध्यक्ष समेत रहेका बुद्धशान्ति गाउँपालिकाका प्रशासनिक अधिकृत मदन कँडेलले पनि सम्पूर्ण बुद्धशान्तिबासी लगायत गाउँपालिकाका सेवा लिन आउने सम्पूर्णमा अनिवार्य मास्क लगाउन अनुरोध गरेका छन् । आफ्नो धारणा व्यक्त गर्दै कोरोना भाइरसबाट बच्न मात्र नभएर अन्य विभिन्न रोगलाग्नबाट समेत मास्कले रक्षा गर्न सक्ने बताउँदै मास्कको धेरै महत्व रहेको अधिकृत कँडेलले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारेका महासचिव पूर्ण संजेलले संचालन गरको कार्यक्रममाउपस्थित सम्पूर्ण अतिथिलाई संचारकर्मी अनिल वाग्लेले शाब्दिक स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ