दुर्घटनामा परि एकको मृत्यु ,तीन घाइते

दुर्घटनामा परि एकको मृत्यु ,तीन घाइते

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

घोडाघोडी, २९ असार । कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका–२ का ४१ वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको अटो र पश्चिमबाट पूर्वतर्फ गइरहेको म२प ७९७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ४१ वर्षीय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका–१ कौवाका ३५ वर्षीय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका–६ की ५० वर्षीय ढक्या चौधरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ