असार २९ काठमाडौँ । प्रहरीले पोर्न साइट बनाएर अस्लील भिडियो अपलोड गरी चलाउने सुरज श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा नियन्त्रणमा लिएको हो ।
श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको थियो। श्रेष्ठले ती बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडितको तर्फबाट साइबर ब्युरोमा उजूरी परेको थियो ।
उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline