क्लिन फिड साउन १ बाटै लागू गर्न सरकारको ध्यानाकर्षण

क्लिन फिड साउन १ बाटै लागू गर्न सरकारको ध्यानाकर्षण

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

असार २९ काठमाण्डौं । नेपाल मिडिया सोसाइटी, अक्युराव, बान, र नेपाल विज्ञापन संघ लगायतका मिडिया सम्वन्धी संघ संस्थाहरुले विज्ञापन सम्बन्धि क्लिन फिड नीति लागू गर्न माग गरेका छन् ।
नेपाल सरकार, मन्त्रीपरिषदको मिति २०७३÷४÷७ गतेकोे बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । तर अझै सम्म पनि यो लागू नभए पछि ती सं सस्थाहरुले सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै साउन एक गतेबाट क्लिन फिड लागू गर्न दबाब दिएका हुन् ।

विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानल पूर्णरुपमा विज्ञापन रहित हुनु पर्दछ भन्ने हो । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केवल, डिटिएच, इन्टरनेट, समामिजक सञ्जाल, युट्युव लगायत डिजिटल प्यलटफर्म) भन्ने पनि स्पष्ट गरिनु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ