कन्चनपुर, २८ असार । कञ्चनपुरमा रहेको महाकाली अस्पताल बाट कोरोना जितेर आठ जना डिस्चार्ज भएका छन् । आइतबार महाकाली अस्पतालबाट शुक्लाफाँटा नगरपालिका एक युवक सहित भीमदत्त नगरपालिकाका सात जना डिस्चार्ज भएका हुन् ।
महाकाली अस्पताल स्रोतका अनुसार शुक्लाफाँटा नगरका गणेश भट्ट, भीमदत्त नगरका केशव चन्द, शुशिला चन्द, लक्ष्मण खाती, राम चन्द, चाँदनी साउद, शामन साउद, चन्द्र जैरु डिस्चार्ज भएका हुन् । यस अघि गत साता बेदकोट नगरपालिकाकी जानकी राना, बिमला तााम्राकार, तुलसी लुहार डिस्चार्ज भएकी थिईन् ।
महाकाली अस्पाल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले सात दिन होम क्वारेन्टाईनमा बस्ने सर्तमा डिस्चार्ज गरिएको बताए । अहिलेसम्म महाकाली अस्पतालमा आएका सबै जना संक्रमित उपचारपछि निको भएर घर भर्को अध्यक्ष जोशीले (बोक्सर) ले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline