नेपालमा फेरी छिर्यो सलह

नेपालमा फेरी छिर्यो सलह

  • आइतवार, असार २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौँ, असार २८ । नेपालमा आज फेरी सलह प्रवेश गरेको छ । आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेका हुन् । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा प्रवेश गरेको बताए । यो सलह भारतको बहराईचबाट ठूलो झुण्डबाट छुट्टिएर प्रवेश गरेको बताईएको छ ।

अ देखि दुई लाख सम्मको यो झुण्ड रहेको अनुमान गरिएको छ ।

यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ ।

अझै ठूलो झुण्ड प्रवेश गर्ने अनुमान गरिए पनि त्यस्तो झुण्ड भने अझै सम्म आएको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । गाउँपालिकाले कृषि विज्ञ टोली पठाएको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । अहिले मकैबारी र धानखेतमा किसानहरुले भाँडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम किशानहरुले गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ