काठमाडौं, २७ असार । जिल्लाको काठमाडौं महानगरपालिका वडा नं.१० स्थित सानोगौंचरणमा शनिबार वृक्षारोपण गरिएकाे छ । रूद्राक्ष , तेजपात , धुपी , स्वामीलगायतका २० वटा विरूवा राेपएकाे छ ।
वृक्षारोपणका लागि काठमाडौं क्षेत्र नं.१(क)वाग्मती प्रदेश सभा सांसद दिपेन्द्र श्रेष्ठले विरूवा सहयाेग गर्नुभएकाे हाे । आफै वृक्षारोपण गर्न पुग्नुभएका सांसद श्रेष्ठले सानो गौंचरणको खाली जग्गामा,खेलकुद मैदान बाहेकका आसपासमा एबाेगाडो,रुद्राक्ष, धुपी ,कलबीरको बोट लगायतको विरुवा लगाएर वृक्षारोपण गरिएको बताउदै काठमाडाैंका अन्य क्षेत्रमा पनि विरूवा वितरण गरिएकाे बताउनु भयाे ।
उहाँले कहि खाली स्थानहरूमा वृक्षारोपण गर्न परेमा विरूवा उपलब्ध गराउने पनि बताउनु भयाे ।काठमाडाैं उपत्यकालाइ हरियाली बनाउने उदेश्यले विरूवा वितरण गरिरहेकेा भन्दै खाली स्थानलाइ हरियाली बनाउन जरूरी रहेकेा बताउनु भयाे ।
यस्तै वृक्षारोपण गर्न वडाध्यक्ष रामकुमार के.सी.,सानो गौंचरण टोल सुधार समितिका अध्यक्ष परशुराम ढकाल लगायतकाे सहभागीता थियाे ।
https://www.facebook.com/deependra.shrestha.7399/videos/1089061754829145/




