बाँके, २७ असार । मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि शनिबार मानव अधिकार संरक्षण तथा प्रबर्द्धन केन्द्र ९एचआरपीपीसी० ले वडा स्तरीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।
एचआरपीपीसिको पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै एचआरपीपीसिका सूचना अधिकारी पुजा कुमारी बैश्यले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई जवाफदेही बनाउनका लागि संजालले महत्त्वपूर्ण भूमिमका निर्वाह गर्ने बताउनु भयो। उहाँले स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि जिल्लाको ८ वटै पालिकामा संजालको गठन गरी मानव अधिकार उल्लघनका घटनाहरूको सुक्षम तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी तरिकाले काम गर्ने बताउनु भयो । सबैको विश्वास बढाउनुका साथै राज्यलाई उत्तरदायित्व बनाइ प्रदेश तथा स्थानीय स्तरमा हुन सक्ने विवादको जोखिमलाई न्यूनिकरण गर्नुका साथै विभिन्न तहहरूमा विद्यमान बहुसंख्यक तथा सामाजिक आर्थिक जटिलता र तिनीहरूको स्थानीय प्रदेशीक र संघीय तहमा अन्तर सम्वन्धलाई राम्रो बनाउनका लागि काम गर्ने जिकिर गर्नु भयो ।
संजाल गठन कार्यक्रममा बोल्दै एचआरपिपिसिका सदस्य अमृता घर्तिमगरले जिल्लामा भई रहेका विभिन्न घटनाहरूको स्थलगत अनुगमन गरी मानव अधिकार मैत्री जिल्ला बनाउन भूमिका निर्वाह गर्ने संजालमा जोडिएकाहरु संग आग्रह गर्नु भएको थियो ।
एचआरपीपीसिका सदस्य एंव युथ टुडेका समाचार प्रमुख समिर अलि बेहनाले मानव अधिकार क्षेत्रमा निस्वास्थ भावले काम गर्न सुझाव दिदै उहाँले मानव अधिकार निति बनाउनका लागि वडालाई दबाब दिने र वडालाई मानव अधिकार मैत्री बनाउने तर्फ सक्रिया हुन जरुरी रहेको बताउनु भयो ।
वडा स्तरीय मानव अधिकार रक्षक संजालको अध्यक्षमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ का आदिल अन्सारी रहनु भएको छ भने ममता थापा मगर उपाध्यक्ष, सचीव नारायणी ओलि , कोषाध्यक्ष इरशाद कुरैशी , सदस्यहरु आमिर अन्सारी , आइशा कार्की , बिपना शाह, वाहिद अन्सारी , धर्मी नेपाली , स्नेहा चलाउने , माया कहार ,र आयना केसि रहनु भएको एचआरपिपिसिका सूचना अधिकार पुजा बैश्यले जानकारी दिनु भयो । संजालको गठन कार्यक्रममा एचआरपिपिसिका सदस्यहरु युवा डाँगी, विनिता खडका, उमा केसी लगायतको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले सहयोग गर्नु भएको थियो ।