रोजगारी गुमाएर महिलाका लागि रोजगारमूलक कार्यक्रम ल्याइनेछ: मन्त्री गुरुङ

रोजगारी गुमाएर महिलाका लागि रोजगारमूलक कार्यक्रम ल्याइनेछ: मन्त्री गुरुङ

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, २७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका महिलाहरुलाई लक्षित गरी सरकारले रोजगारीमूलक कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ, युकेद्वारा यहाँ आज आयोजित ‘कोभिड–१९ ले नेपाली महिलामा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै कोरोना भाइरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलालाई ‘उद्यमशीलता र उत्पादन’मा जोड्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको छ, त्यसको प्रभावकारी कार्यान्वयन हुन्छ ।” मन्त्री गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने सङ्घसंस्थालाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणासमेत गर्नुभएको छ । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेत्रीहरुलाई आग्रह पनि गर्नुभयो ।

बैठकमा नेपाली काँग्रेसकी नेत्री डा डिला सङ्ग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आयआर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ, युकेकी अध्यक्ष पुनम गुरुङलगायत सहित गैरआवासीय नेपाली सङ्घमा आबद्ध महिला नेत्रीहरुले कोरोना भाइरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी