नारायणीको बाढीले तटबन्धको स्पर बगायो

नारायणीको बाढीले तटबन्धको स्पर बगायो

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भरतपुर,२६ असार । नारायणी नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो ।

शुक्रबार बिहानदेखि नदीले स्पर बगाउन थालेको भरतपुर महानगरपालिका­२८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिनुभयो । “पाँचवटा स्परमध्ये एउटा बगाएको हो”, उहाँले भन्नुभयो, “नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।”

सो क्षेत्रमा आसपासका स्परहरु समेत बगाउने खतरा बढेकाले रोकथामको काम गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको वडा नं १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।

यसैबीच नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघेको छ । शुक्रबार दिउँसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार नारायणी र देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो । नारायणीमा अझै जल सतह बढ्न सक्ने महाशाखाले जनाएको छ । देवघाटमा रहेको जल मापन केन्द्रले दिउसो ३ बजेसम्म ७।७७ मिटर र नारायणगढ पुलमा ११।१७ मिटर पानी मापन गरेको छ । बाढीले खतरा पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तल्लोतटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवन र नवलपरासीले आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ