रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट लिँदैछौँ: उपकुलपति

रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट लिँदैछौँ: उपकुलपति

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडाैं, २६ असार । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताउनुभएको छ । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्रा डा सिंहले योग्य, क्षमतावान् र दूरदृष्टि साथ काम गर्नसक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने जनाउनुभयो । विश्वविद्यालयको विकास एवं हितमा सहयोग पु¥याउने हेतुले दुवै पदका लागि दर्खास्त आह्वान गरिएको उहाँले बताउनुभयो । “यसरी रजिस्टार र डीन पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयमा पहिलो घटना हो”, उहाँले भन्नुभयो, “जुन मध्यपश्चिम विश्वविद्यालयले गरेको छ ।”

विश्वविद्यालयले आफ्नो वेबसाइटमा आवश्यक मापदण्डसहित रजिस्ट्रार र डीनको दर्खास्त आह्वानको सूचना जारी गरेको छ । उहाँले यसअघि राजनीतिक शक्तिका आधारमा नियुक्ति गरिँदै आएको प्रणालीलाई तोड्दै आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई मात्र छनोट गर्ने बताउनुभयो ।

उहाँका अनुसार मप विश्वविद्यालयको पदाधिकारी नियुक्तिका क्रममा आउने जस्तासुकै दबाबसँग जुधेर अगाडि बढ्ने र विश्वविद्यालयको भ्रष्टाचारलाई शून्यमा झार्ने एवं पारदर्शिता कायम गर्नेतर्फ अधिकतम जोड दिइने बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति ९प्रधानमन्त्री०बाट हुने र सोही ऐनको दफा २६ बमोजिम डीनको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी