कैलाली असार २५ । हजुर आमाको हत्या गरको आरोपमा पक्राउ परेका एक युवक कैलालीबाट हतकडी सहित फरार भएका छन् ।
चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर गएराति हत्कडी सहित थुनाबाट भागेका हुन् ।
कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडी सहित भागेको पुष्टि गरे ।
उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको छ ।
ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडेले नै पक्राउ गरेको थियो ।
उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline