कन्चनपुर, २५ असार । भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालको महेश्वर पशु तथा थपिथा कृषक समुहलाई धान चुट्ने थ्रेसर हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बिहीबार समूहका अध्यक्ष सुवर्ण प्रसाद जोशीलाई समान हस्तान्तरण गरेका हुन् ।
कृषिलाई व्यवसायीयकरण र आधुनिकरण बनाउने नगरपालिकाको लक्ष्य अनुसार ५० प्रतिशत अनुदानमा समूहलाई थ्रेसर हस्तान्तरण गरिएको छ । भीनपाको कृषि विकास शाखाले यस अघि चालु आर्थिक वर्षका लागि विभिन्न वडाका किसानलाई कृषि औजार हस्तान्तरण गरेको थियो ।
कृषि औजार हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्ट सहित नगर प्रवक्ता हिमाल बहादुर चन्द, कृषि विकास शाखा प्रमुख कृष्णदत्त पाण्डेय, कृषि प्राविधिक निरज शर्मा लगायतका सहभागी भएका छन् । महेश्वर पशु तथा कृषक समुहका अध्यक्ष सुवर्ण प्रसाद जोशीले नगरपालिकाले अनुदानमा उपलब्ध गराएको थ्रेसरबाट समूहका सबै किसानलाई धान चुट्न सहज हुने बताए ।
नगरपालिकाको कृषि विकास शाखाले चाल आर्थिक वर्षमा व्यक्ति, समूह र फर्मलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
यस अघि हुनैनाथ कृषक समूह, महेश्वर पशु तथा कृषि समूह, बैजनाथ कृषक समूह, दिपज्योति कृषक समूह, लाली गुराँस महिला कृषक समूह, एकता कृषक समूह, बैजनाथ कृषक समूह, एमडी फलफूल खेती तथा भैसी पालन फर्म, राष्ट्रिय कृषक समूह लगायतलाई कृषि औजार वितरण गरिएको थियो ।
