कन्चनपुर, २४ असार । कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्द समाज कल्याण परिष्द राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्यमा नियुक्ती भएकी छिन् । भीमदत्त नगरपालिका ५ बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष समेत रहेकी अधिकारकर्मी चन्द समाज कल्याण परिष्द राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्यमा नियुक्ती भएकी हु्न ।
कोष स्थापना र संचालक ९कार्य व्यवस्था० नियमावली २०५५ छैटौँ संशोधन २०७४सहिको नियम ६को उप नियम ३ बमोजिम राष्ट्रिय जेष्ठ नागरिक कोषको रिक्त सदस्यमा सोही नियमावली नियम बमोजिम ६ को उप नियम ६ बमोजिम मनोनिय गरेको छ । परिषद्का नि सदस्य सचिव शिव कुमार बस्नेतले हस्ताक्षर गरेको नियुक्त पत्रमा चार बर्षे कार्यकाल रहेको उल्लेख गरेको छ ।आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने उनले बताएकी छिन् । उनी समाज कल्याण परिष्द राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्यमा नियुक्ती भएपछि सहकर्मीले बधाई दिईरहेका छन् ।