माईती नेपालको माईतमै जस्तो पोषिलो भोजन, ९ दिनमा २२ सय ५० महिला बालबालिकाले खाए

माईती नेपालको माईतमै जस्तो पोषिलो भोजन, ९ दिनमा २२ सय ५० महिला बालबालिकाले खाए

  • बुधबार, असार २४, २०७७
  • डम्मर राज भट्ट

  • 15.9K
    SHARES

कन्चनपुर, २४ असार माईती नेपाल कञ्चनपुरले कोरोनाबाट बाच्नका लागि विपन्न समुदायका महिला बालबालिकाहलरूलाई पोषिलो खाना खुवाईरहेको छ । कोरोना भाईरस ९कोडिभ १९० रोकथाम तथा नियन्त्रणका लागि गत चैत्रदेखि गरिएको बन्दाबन्दी९लकडाउन०को समयमा समस्यामा परेका महिला बालबालिकालाई पोषिलो खाना खुवाईरहेको हो ।

१६ असारदेखि माईती नेपालले विपन्न समुदायका बस्तीका महिला र बालबालिकालाई सामुदायिक भान्सा मार्फत पोषिलो खाना खुवाउने अभियान शुरु गरेको थियो ।

जसरी विवाह गरेकी छोरी माईतमा आएपछि राम्रो, पोषिलो एव मिठो खाने परिकार खुवाईन्छ, त्यसैगरि माईती नेपालले पनि खाना खुवाईरहेको छ । अभियानको ९ औँ दिनसम्म दुई हजार २ सय ५० जनालाई खाना खुवाएको छ ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बन्दाबन्दीको अवस्थामा दैनिक ज्यालादारी गरि गुजारा चलाउने परिवारका सदस्यका लागि पोषिलो खाना खुवाईरहेको बताईन् । ‘कोरोना भाईरसपनि जसको शरिरिरमा रोगसंग लड्ने क्षमता हुँदैन, उसैलाई लाग्छ, ‘उनले भने, ‘यहाँका केही विपन्न समुदाय रोग भन्दा पनि भोकले समस्यामा पर्न थालेपछि माईती नेपाल केन्द्रसंग छलफल गरेर खाना खुवाईरहेका छौँ ।’ भीमदत्त नगरपालिका स्थानीय सरकारसंग समन्वय गरेर दैनिक ज्यालादारी गरि हातमुख जार्ने समुदायमा सामुदायिक भान्सा संचालन गरेर खाना खुवाईरहेको संयोजक भट्टले बताईन् ।‘हामी आफै खाना पकाउँछौँ, ‘उनले भने, ‘समाजिक दुरी कायम गरेर वितरण गछौँ ।’ भात, दाल, तरकारी, हरियो साग, अचार, फलफुल तथा शुद्ध खानेपानी वितरण गरिरहेको सयोजक भट्टले बताईन् । दुईदिनदेखि लगातार परेको अबिरल बर्षातका विच पनि सालघारी र वादीबस्तीमा खाना खुवाईएको उनले बताईन् । ‘हामी सन्तुलित खाना खुवाउँछौँ, ‘उनले भने, ‘खानामा सबै पौष्टिक तत्व हुन्छ ।’ खाना मात्र खुवाएर भएन फुलफुलका साथै स्वच्छ खानेपानी समेत दिने उनले बताईन् । समस्याग्रस्थ समुदायमा दुईसातासम्म दैनिक एक छाक खाना खुवाउन लागेको उनले बताईन् । ‘लकडाउनमा वितरण गरिने राहतको यस अघि दुरुपयोग समेत भएको थियो, ‘हामीले जो समस्यामा छन, उनीहरुलाई मात्रै खाना खुवाउने हो ।’ माईती नेपालले संचालन गरेको सामुदायिक भान्सामा पनि समस्या भएकै मात्र आउँने गरेको संयोजक भट्टको अनुभवछ । ‘अधिकाँसले यो अभियानमा सर्मथन जनाउँदै ठिक छ, भनेर जान्छन, ‘उनले भनिन, ‘केहीले पकाएर खाना भन्दा राशन दिनुपर्नेै माग राख्छन् ।’ खाना खुवाउने मुल उदेश्य समस्यामा परेका लक्षित वर्गलाई खुवाउने आफुहरुको अभियान भएकाले राशन दिदा दुरुपयोग हुने भएकाले सिधै लक्षित वर्गलाई खुवाईरहेको बताईन् । माईती नेपालले गर्भवति महिला, अपाङ्गता, असक्त, एकल एव आर्थिक रुपमा विपन्नलाई प्राथमिकता दिएर खुवाईने उनले बताईन् । ‘मजदुरी गरि दैनिक छाक टार्ने सबै समुदायका बालबालिकालाई पनि प्राथमितामा राखेका छौँ, ‘संयोजक भट्टले भनिन, ‘केही समस्यामा परेका जेष्ठ नागरिकलाई समेत खाना खुवाउँछौँ ।’ रोगले भन्दा भोकले मर्नुपर्ने अवस्थामा गुनासा आएपछि जिल्लाबाट राहतका लागि पहल थालिएको संयोजक भट्टले बताईन् । ‘अहिले धेरैजसो क्षेत्रमा बन्दाबन्दीका कारण विपन्न नागरिकलाई साझँबिहानको छाक र्टान समस्या परेको छ’ संयोजक भट्टले भनिन, ‘यस्तो बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठूलो सहयाग गर्ने हामीले आशा गरेका छौ ।’ संयोजक भट्टका अनुसार झण्डै दुई महिना चल्ने अभियानमा जिल्ला भरी रहेका अतिविपन्न र बन्दाबन्दीको मारमा परेका परिवारलाई बढी प्राथमितामा राखिने छ । माइती नेपाल, युयन ओमन तथा स्थानीय तहको समन्वयमा संचालन गरिएको अभियानमा दैनिक दुई सय ५० जना महिला तथा बालबालिकालाई पोषिलो खाना खुवाइने छ ।

५६दिनसम्म १४ हजार महिला र बालबालिकालाई खाना खुवाईने लक्ष्य राखेको छ । लकडाउन अघि जोखिममा परेका नेपाली चेलिबेटीको उद्दारमा खटिने माईती नेपाल कञ्चनपुर अहिले विपन्न समुदायमा पोषिलो खाना वितरणमा जुटेको छ । भीमदत्त नगरपालिका १८ सालघारीकी पदमा लुहारले लकडाउनका बेला मजदुरी नपाएपछि राशनको समस्या भएका बेला अहिले खाना पाएपछि राहत पुगेको बताईन् । ‘दैनिक मजदुरी गरेर राशन खरिद गरेर गुजारा चलाउँने, ‘उनले भनिन, ‘लकडाउन भएपछि काम बन्द भयो, केही सरकारी निकायले दिएको राहत पनि सकियो, अहिले पोषिलो खाना पाईरहेका छौँ ।’ यस अघि दाल, चामल, नुन तेल पाएपनि अहिले पोषिलो खानासंगै स्वच्छ खानेपानी र खाना खाएपछि पचाउन फलफुल मिठाई पाएपछि राहत पुगेको बताए । माईती नेपालले अघि सारेको अभियानमा सरोकारवालाले वास्तविक समस्यामा परेका समुदयलाई खाना खुवाउने काम प्रभावकारी भएको टिप्पणी गरेका छन् । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले बन्दाबन्दीका कारण मारमा रहेका महिला तथा बालबालिकालाई पोषिलो खाना वितरण अभियान प्रभावकारी हुने बताए ।

मेयर विष्टले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको बताउदै त्यसको प्रत्यक्ष मारमा दैनक ज्यालादारी, मजदूरी गर्ने परिवार परेकाले यस्तो अभियानले उनीहरुलाई सहयोग पुग्ने बताए । कोरोना भाइरस अन्य रोग र विपत्ती जस्तो नभएकाले बताउदै यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा उनको भनाई छ ।

नगरप्रमुख विष्टले पालिकाको स्रोत साधानले मात्रै सबै क्षेत्रमा काम गर्न नसकिने भएकाले महामारीका बेला माइती नेपालले गरेको अभियान प्रशंसनिय रहेको बताए । बन्दाबन्दीको अवस्थामा पोषिलो खाना पाएपछि महिला र बालबालिका हर्षित भएका छन् । माईती नेपाल कञ्चनपुरले जिल्लाभरीका विपन्न समुदायमा बालबालिका र महिलालाई पोषिलो खाना खुवाउने अभियान निरन्तर जारी रहने माईति नेपाल जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी