११ बर्षे बालिका बलात्कार गरेको आरोपमा ६६ बर्षे बृद्धा पक्राउ 

११ बर्षे बालिका बलात्कार गरेको आरोपमा ६६ बर्षे बृद्धा पक्राउ 

  • मङ्लबार, असार २३, २०७७
  • -डम्मर राज भट्ट

  • 10K
    SHARES

कन्चनपुर,२३ असार । कन्चनपुरमा बालिका बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाले ११ बर्षीय बालिका बलात्कार गरेको आरोपमा ६६ बर्षिया बृद्ध पक्राउ परेको हो ।
पीडित पक्षले बलात्कार गरेको प्रहरीमा उजुरी दिएपछि कृष्णपुर नगरपालिका ४ मालुबेलाका ६६ बर्षिया नर बहादुर भण्डारी पक्राउ परेका हुन् । स्थानीयका अनुसार बृद्धले बालिकालाई जंगल क्षेत्रमा ललाईफकाई गरेर बलात्कार गरेको घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना आरोपित भण्डारी इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको बताए । स्थानीयले घटना बारे सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

दलित समुदायकी बालिका भएकाले केही दलित अगुवा नेतहरुले समेत दोषि उपर कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ