टोलटोलमा पुगेर पढाउँदै शिक्षक

टोलटोलमा पुगेर पढाउँदै शिक्षक

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

नुवाकोट, २३ असार । कोरोनाका कारण बन्द शैक्षिक संस्थाहरु लामो समयदेखि नखुलेपछि शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थी भेला गरी पढाउन थालेका छन् । रेडियो तथा अनलाइनबाट कक्षा सञ्चालन सबैतिर प्रभावकारी नहुने देखिएपछि कम्तीमा हप्तामा एक पटक टोलटोलमा पुगेर पठनपाठन गराउन थालिएको शिक्षकले बताएका छन् ।
विद्यालय सञ्चालन हुन नसक्दा घरमै बसिरहेका विद्यार्थीलाई थोरै भए पनि शैक्षिक वातावरण उपलब्ध गराउन गत सातादेखि टोलटोलमा शिक्षा कार्यक्रम लिएर अध्यापन गराइएको पञ्चकन्या गाउँपालिका –२ कविलासको राष्ट्रिय माविका शिक्षक रामेश्वर कुइँकेलले बताउनुभयो । विद्यालयले आफ्ना विद्यार्थी आउने क्षेत्रलाई समेटी नौ केन्द्र बनाएर पायक पर्ने विद्यार्थीलाई हप्तामा एक दिनको दरले पठनपाठन गराउन थालेको हो ।
सदरमुकाम नजीकैको अजिङ्गरे माविले पनि गाउँगाउँमा शिक्षक खटाएको छ । विदुर नगरपालिका– १३ स्थित सो माविले ६ समूह बनाएर शिक्षक खटाएको प्रधानाध्यापक मुकुन्द नेपालले बताउनुभयो । विद्यार्थीहरुको तथ्याङ्क सङ्कलन गरी असार पहिलो सातादेखि नै समूह बनाएर शिक्षकलाई टोलटोलमा पठाएको नेपालको भनाइ छ ।‘६ वटा क्लस्टरमा २५ वटा टोल रहेका छन् । नगरपालिका भए पनि दुर्गम छ । मोटरसाइकलसमेत नजाने टोलहरु पनि उत्तिकै छन् । तैपनि विद्यार्थीसँग विद्यालयको कनेक्सन गराउने कार्य गरिरहेका छाँै’, प्रअ नेपालले भन्नुभयो ।
विद्यार्थीको तथ्याङ्क संकलन गर्दा पाँच विद्यार्थीका घरमा रेडियो टिभी केही नभएको, ६४ विद्यार्थीका घरमा रेडियो मात्र भएको, ६४ विद्यार्थीका घरमा टिभी मात्र भएको, इन्टरनेटको पहुँच विद्यार्थीसँग मात्र भएको र कम्प्युटरसहितको सुविधा एक विद्यार्थीसँग मात्र भएपछि टोलटोलमा पुग्नाको विकल्प नभएको प्रधानाध्यापक नेपालले बताउनुभयो ।
लामो समयको बन्दाबन्दीको कारण शैक्षिक संस्था ठप्प छन् । विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यप्रति अभिभावकमा चिन्ता थपिन थालेका बेलामा थोरै भए पनि शैक्षिक गतिविधि सञ्चालन हुनाले विद्यार्थीलाई सहज भएको अभिभावकको भनाइ छ । विद्यार्थीको हातमा पुगेको नयाँ पाठ्यसामग्रीअनुसार गृहकार्य गर्न लगाउने, सामान्य निर्देशन दिनेजस्ता कार्य सञ्चालन भइरहेको विद्यालयले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी