असार २२ धरान । नेकपा निकट अखिल ( क्रान्तिकारी) मेची कोशी समन्वय समिति अन्तर्गत झापा, मोरङ , सुनसरी जिल्ला समितिले अनलाइन कक्षाका नाममा बन्दा बन्दीको समयमा समेत अविभावकसगँ मनपरी शुल्क असुलेको भन्दै शिक्षा विकास तथा समन्वय इकाई , प्याब्सन र एनप्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त ध्यानाकर्षण मार्फत त्यरी मनपरी शुल्क लिने कार्य तत्काल रोक्न अखिल क्रान्तिकारीले माग गरेको छ । कोरोना महामारीका बेला अव्यवस्थित पठन पाठन गरी लकडाउनको समयमा पनि शूल्क असूलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावक माथि मानसिक एवं आर्थिक शोषण गर्न लागेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा अघि भनिएको छ, यस्तो महाविपत्तिका बेला कुम्ल्याउन पल्केका भ्रष्ट शिक्षण संस्थाहरुको नीच र निन्दनीय हर्कतको संगठन घोर भर्त्सना गर्दछ । साथै यस किसिमको गैर जिम्मेवारीपूर्ण कार्यलाई तत्काल रोक्न सरोकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ।
यस्ता कार्यहरु वन्द नगरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरोकारवाला पक्ष हुने चेतावनी पनि अखिल क्रान्तिकारीले दिएको छ ।
जिल्ला समितिका पदाधीकारीहरु सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारी मेचीकोशी समन्वय समितिका संयोजक पुष्प न्यौपानेले जानकारी दिए ।

