कन्चनपुर, २२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा बालबालिकामा पनि कोरोना देखिएकोछ । भारतबाट फर्किएका पुनर्वासका स्थानीय बालबालिकामा कोरोना देखिएको हो । नगरपालिकाको तथ्याङ्ग अनुसार ११ बालबालिका सहित २८ जनामा कोरोना देखिएको छ ।
चार बालिका सहित ७ बालकमा कोरोना देखिएको हो । ६, १२, १५ र १६ बार्षिया बालिका सहित ४, ७, ११, ११, १३, १७, १७ बर्षिया बालकमा कोरोना देखिएकोछ । ८ महिला सहित २० पुरुषमा एक साथ कोरोना देखिएको छ ।
४ बर्षिया बालकदेखि ५०बर्षसम्म कोरोना देखिएको हो । सबै क्वारेन्टाईनमै रहेको नगरपालिकाले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको पुनर्वास नगरपालिका कोडिभ संयोजक राम बहादुर धामीले बताए । उनका अनुसार सबै जना भारतबाट फर्किएका थिए, उनीहरु सीमादेखि सिधै क्वारेन्टाईनमा राखिएका थिए, उनीहरुको स्वाब पिसिआर विधीबाट स्वाब संलकन गरेर परीक्षणका लागि पठाईएको थियो । यस अघि पुनर्वास नगरका २ स्वास्थ्यकर्मी सहितले कोरोना जितेका छन् । हालसम्म पुनर्वास नगरपालिका क्षेत्र भित्र ४९ जना कोरोना पोजेटिभ छन् ।