नयाँ नक्सा प्रकरण यता नेपाली राजनीतिको पर्दा अगाडि एउटै कित्ता देखिँदा जनमानसमा नयाँ उत्साह नयाँ उर्जाको अनुभुती छाएको थियो! यद्यपि राजनीतिको “राज-नीति” बिल्कुलै अकल्पनीय रुपमा देखापर्यो ।
खासगरी नयाँ नक्सा प्रकरण प्रती सत्ता बाहिर रहेका राजनीतिक दलहरु समेत मिलेर एकमतले साथ दिरहेका बेला सत्तारुढ दलभित्रै बाट अदृश्य बिरोध र अदृश्य असहयोग रहेको त्यो राजनीतिको त्यो “राज-नीति” यतिखेर नेकपाको आन्तरिक कलहले पुष्ठि गरिरहेको छ ।
नयाँ नक्सा सार्वजनिक हुनु लगतै भारतीय असन्तुलित रिजर्भेसन र संविधान संसोध सङ्गै भारतिय उच्चस्तरको अभिव्यक्तिहरुले “भारतको छिमेकी पोलिसी” इन्दिरा गान्धी र जवारलाल नेहरुकै पुनरावृत्ति हो भन्ने कुरा स्पष्ट झल्क्यो ।
नेपाल सरकारले नयाँ नक्सा लगतै नागरिकता विधेक ल्यायो जसमा नेपाली पुरुष सङ्ग विवाह गरि आउने महिलाले नेपालमा ७ वर्ष स्थाइ बसोबास गरेको हुनुपर्ने सर्त सहित राजनीतिक अधिकारबाट बन्चित राखिने व्यवस्था सहितको विधेक ल्याएपछि भारतद्वारा नेपालप्रतिको वाक हमला झन तिब्र भयो!भारतको पोलिसीलाई मद्दत पुग्नेगरी कतिपय तथाकथित नेता र बिज्ञहरुले समेत नागरिकता विधेकको बिरोध गरे! जनता समाजवादी पार्टीले त खुलेरै नागरिकता विधेकको बिरोध गरिरहेकै छ ।
जनता समाजवादी पार्टीका डा बाबुरामले भावनात्मक रचानाद्वारा नयाँ नक्सा सम्बन्धमा घुमारो असहमती र स्वही पार्टीको नेत्री “सरिता गिरिको लिपुलेक नेपालकै हो भन्ने कुरा म पनि स्वीकार गर्दिन भन्ने अभिव्यक्ति”को राजनीति एकातर्फ थियो भने अर्कोतर्फ नेकपाकै झलनाथ खनाल, माधव कु.नेपाल, बामदेव गौतम र प्रचण्ड मौन अवस्थामा देखिएका थिए अझ भनौ तटस्थ देखिन्थे! बाहिरी रुपमा नक्सा प्रती एकमत देखिए पनि राजनीतिको राज-नीति भित्र एकमत नरहेको कुरा ओलि सरकारको राजिनामाकै मागबाट पुष्ठि हुन्छ ।
नयाँ नक्सा प्रकरणमा भारतको लगातार हमला प्रती सरकारलाइ पुर्ण आत्मबल प्रदानको लागि नेकपाकै उच्च नेताहरुद्वारा भारतप्रती प्रतिकार स्वरुप कुनैकिसिमका धारणा वा अभिव्यक्तिहरु आएनन् ! यस्तो अवस्थामा ओलि सरकार सङ्ग सङ्गै उभिने नेपाली काङ्ग्रेस र राप्रपा मात्र देखापरेपछी “परेको बेलामा आफ्ना भन्दा पराइ काम आउदो रहेछ” भन्ने भनाइ समय सान्दर्भिक हुन गएको छ।
यतिखेर ओलि सरकारको राजिनामा माग गर्ने तिनै छन जो नयाँ नक्सा र नागरिकता विधेकको बिरोधि थिए! डा बाबुरामलाई बिर्सने हो भने ओलि सरकारको राजिनामा माग गर्ने स्वयं सत्तारुढ दल नेकपा भित्रको एमाले छन् ती एमालेहरु झलनाथ खनाल, माधव कु.नेपाल, बामदेव गौतम, भिम बा.रावल, रघुजी पन्तको प्रतिरुपमा देखापरेका छन् र त्यो एमाले टिम भित्र अप्रत्याशित प्रचण्डको प्रवेशले राजनीतिको राज-नीति इन्ट्रेस्टिङ हुन गएको छ ।
नेकपा भित्रको एमाले राजनीति नितान्त इगोमा रुपान्तरण भएको स्पष्ट आभास भएको छ ! इगो साध्नकै लागि नेकपा भित्र एमालेहरु सक्रिय देखिएका छन् , एमालेको पुरानै आन्तरिक लडाइ अहिले नेकपा भित्र देखिदै छ तर एमालेको पुरानो लडाइको अग्रपंक्तिमा प्रचण्डलाई स्नाइपर हतियार दिएर खटाएको चै राजनीतिको राज-नीति हो! अब त्यो स्नाइपर हतियारमा एमाले गोलि लोड गरेर प्रचण्ड मार्फत ओलिलाइ किन ताक्न लगाइदै छ भन्ने राज-नीति बुझ्न् खासै अफ्ट्यारो छैन! प्रचण्डको शक्ति मोह र ओलि इतर गुटको स्वार्थको मिलन बिन्दु भएकैले प्रचण्डले एसल्ट सम्हाल्ने मौका छोपेका हुन्।
प्रचण्डमा चरम शक्ति मोह छ भन्ने कुरा ओलि इतरका एमालेलाई राम्रै जानकारी छ त्यसैले पनि प्रचण्ड सजिलै मोहरा बनेका छन् ।
चिनियाँ BRI र अमेरिकी रणनीति MCC र IPS यो तीन विषयले नेपालको राजनीतिलाई खेलाइ रहेको प्रस्टै छ! IPS लाई नेपालले अस्विकार गरिसकेको अवस्था छ भने BRI स्वीकार गरेको छ र MCC बहसमा छ ।
खासगरी दक्षिण एसियामा अमेरिकाको प्रत्यक्ष उपस्थितिलाइ चिनले रोक्न चाहन्छ भन्ने कुरा जनमानसमा राम्रै बुझाइ छ! अझ तिब्बतलाई लिएर चिन र नेपालको बेग्लै सहमतिको पृष्ठभुमिमा चिनले MCC नेपाल भित्रन दिदैन भन्ने कुरा पनि छलङ्गै छ र MCC चीन घेर्ने रणनीति हो भन्ने कुरा चिनले महसुस गरिरहेको अवस्थामा नेपाली राजनीति फेरि अस्थिर तर्फ मोडिदै त छैन भन्ने प्रश्न अब आम हुन थालेको छ ।
चिनले नेकपा भित्रको एमाले ब्युताएको र भारतले नेकपा भित्रको माओवादी ब्युताएको वरिपरि पनि बहस हुन थालेको छ, चिनले MCC नेपालमा नचाहने लाइन भित्र ओलि इतरका एमालेहरु छन र भारतले सिमा समस्या समाधाको सर्त खुकुलो नागरिता चाहने किनकी केही उपाय नलागे जनसंख्या मार्फत नेपाल गाभ्ने भारतको पुरानै लाइन छ, यो द्वन्दमा दुवै तर्फबाट ओलि सरकार घेरिएको सजिलै बुझ्न सकिन्छ! तसर्थ पनि भारतको प्रभावमा प्रचण्ड देखिन्छन् भने चिनको प्रभावमा माधव-झलनाथ गुट देखिएको राजनीतिको राज-नीति होकि भन्ने सङ्काको सुविधा धेरै छ ।
ओलि सरकारको करिब ३ वर्षको राजनीतिलाई केलाउदा ओलि सरकार ढाल्नैपर्ने जरुरी कुनैपनी कोणबाट देखिदैन! खासगरी दुइटा मुद्दा नक्सा र नागरिकताको वरिपरि सरकार विरुद्ध राजनीतिलाई यसरी यो प्रतिकुल समयमा केन्द्रित गरिहाल्नु पर्ने कुनै आवश्यकता थिएन ! कमसेकम ५ वर्ष स्थिर सरकार रहने बिश्वासमा जनताले गत निर्वाचनमा आफ्नो मत जाहेर गरेर नेकपालाइ दुई तिहाइको नजिक पुर्याएको तथ्य हो! जन अभिमतको अवधी ५ वर्ष नपुग्दै सरकार ढाल्नु आफैंमा जनता प्रती गम्भीर धोका हो ।
प्रचण्डको शक्ती मोह र नेकपा भित्र एमालेको ओलि प्रतीको इगो नै मुल कारक भएर नै नेकपा भित्रको एमालेमा प्रचण्डले प्रवेश गरेका हुन् ! नत्र भने सैद्धान्तिक संघर्ष खै? बिचारको संघर्ष खै? केवल शक्ति संघर्षमा रमाउने प्रचण्ड नै नेकपा कलहको कारक हुन् ।
माकुने ज्युलाई गएको महाधिवेशनमा ओलि सङ्ग हारेको रिस, झलनाथ ज्युलाइ आफ्नो सरकार गिराएको रिस, बामदेव ज्युलाइ निर्वाचनमा अन्तर्घात भएको रिस, भिम रावललाइ सचिवालयमा नसमेटिएको रिस, फुल पावर नपाएको प्रचण्डलाई रिस, यहि रिसमा ओलि सरकारलाइ ढिसमिस पार्ने ओलि इतरको स्वार्थ र BRI पक्षधर तथा MCC विपक्षधरको स्वार्थ यहि ठाउमा मिलेकै कारण राजिनामाको बेमौसमी राजनीति प्रारम्भ भएको छ ।
नत्र त कार्यशैली बेठिक भो भनेर यति सानो कारणकै वरिपरि मात्र राजिनामाको राजनीति हुनै सक्दैन! नयाँ नक्सा, MCC र नागरिकता विधेयक प्रती दक्षिण र उत्तरको योजनाबद्ध हमलाको पेरिफेरिमा राजिनामाको माग हुनु कुनैपनी कोणबाट मौलिक देखिदैन! यतिबेला राजनीतिको केन्द्रबिन्दु राष्ट्रियता हुनुपर्नेमा बैठकमा आउनु भएन, सल्लाह गर्नु भएन, अहंकारी हुनुभयो, जस्ता झिनामसिना कुराले राजिनामाको राजनीति निम्तिएकै होइन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline