रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण

रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

असार २२ रोल्पा । जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले नसेनाले उक्त होलिप्याड निर्माण गरेको हो ।
सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा सेनाले लिएको हो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरिरहेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको आग्रहमा सेनाले उक्त हेलिप्याड निर्माणको जिम्मा लिएको हो । “विपद्सँग सम्वन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ”, खड्गदल गण रोल्पाका गणपति सुधीर केसीले भन्नुभयो, “लकडाउनको असहजताका बीच पनि निर्माण सम्पन्न गरेका छौँ ।”
जिल्ला प्रशासन कार्यालयको कार्यादेशानुसार खड्गदल गण रोल्पा उक्त निर्माणमा सरिक भएको थियो । सार्वजनिक खरीद ऐनबमोजिम प्रतिहेलिप्याड रु पाँच लाखका दरले निर्माण गरिएको सेनाले जनाएको छ । हेलिप्याड निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन । निर्माण नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष सेनालाई निर्माणको जिम्मा दिइएको हो ।
रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ । अघिल्लो वर्ष रु १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याइएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । सो हेलिप्याडका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ ।
वर्षात्को मौसमसंँगै अधिकांश सडकमा आउने पहिराले ६ महिनासम्म सडक अवरुद्ध हँुदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी