आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।गुरु तिनै हुन् दुख पीडा हटाएर आनन्द शान्ति र खुसीको अनुभुती गराउँछ । जो जीवनमा सद्गुरु पाएका तिनीहरु भाग्यमानी छन् । सद्गुरुको सानिध्यमा ज्ञान उन्नत हुन्छ , दुख क्षीण बन्छ, अनायास नै आनन्दको फस्फुटन हुन्छ । अभाव घटेर समृद्धिको उदय हुन्छ ।सबै प्रतिभा फस्फुरित हुन्छ । जुन मात्रमा तिमी गुरुको सानिध्य महसुस गर्छौ त्यति मात्र त्यो गुण तिम्रो जीवनमा अभिव्यक्त हुन्छ । जसले मन बाटनै श्रद्धा गर्छ त्यो नै असल शिष्य हुन्छ । अर्जुनले मर्ने बेलामा आफू मुक्त हुन लाई भगवान कृष्णलाई परम गुरु मानेका थिए । गुरुलाई नराम्रो नसोच ।आफू भित्रको अहंकार नराम्रो भावना । मनभित्रको दुख पीडा । सबै समर्पित गरिदेउ र तिमी मुक्त बन ।तिमी खाली महसुस गर । मुक्त हुनलाई गुरुको ज्ञान जरुरी पर्दछ ।
हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।
यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।
उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
-अमित संग्रौला बिर्तामोड हाल दुबई