अनलाइन तबला प्रतियोगिताको उपाधी निमेश कपालीलाई

अनलाइन तबला प्रतियोगिताको उपाधी निमेश कपालीलाई

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

असार २१ काठमाण्डौं । वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले आयोजना गरेको अनलाइन तबला वादन प्रतियोगिताको उपाधी निमेश कपालीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक कपालीले अमेरिकाको टेक्ससस्थित को एक महिने अनलाईन कोर्ष छात्रवृत्ति तथा नगद रु १० हजार जितेका छन् । अनलाईन तबला वादनको ग्राण्ड फिनालेमा द्वितीय स्थान प्राप्त गरेका अजय चौधरीले नगद पुरस्कार रु ७ हजार, तृतीय स्थान प्राप्त गरेका अभय महर्जनले नगद रु ५ हजार तथा सबैभन्दा बढी भ्यूज प्राप्त गरेका उजन डंगोलले रु ५ हजार नगद पुरस्कार जितेका छन् । साथै रुबि श्रेष्ठ लाखेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् भने उत्कृष्ट १० मा पर्न सफल सत्येन्द्र भट्टराई, सपत शाक्य, निर्जल डंगोल, रोजमान महर्जन, राहुल शाक्य, आर्जल डंगोलले गुरु रविनलाल श्रेष्ठको जयश्री तालको सिडी तथा पुस्तक उपहार प्राप्त गरेका छन् ।
गुरु श्रेष्ठको स्मृतिमा तबला वादन प्रतियोगिताको आव्हान भएको थियो । पहिलो चरणमा ३ मिनेटको वादन भिडियोको आव्हान गरिएको थियो । जसमा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । यही समूहबाट असारको पहिलो साता उत्कृष्ट १० को छनौट गरिएको थियो ।
उत्कृष्ट ३ जना तबला वादकको छनौट अमेरिकामा रहेका प्रसिद्ध भारतीय तबला वादक गौरीशंकर कर्माकरले गरेका हुन् । विशेषतः राम्रो वादककै खोजी यस प्रतिस्पर्धाको उद्देश्य रहेको आयोजनकको भनाई छ । खुल्ला प्रतियोगिता तथा कार्यक्रम आयोजनाको आव्हान गरिएतापनि कोरोनाको जोखिमलाई ध्यानमा राखी अनलाईनमार्फत प्रतिस्पर्धा आयोजना गरिएको हो ।
१० बर्ष अघि गुरु रविनलाल श्रेष्ठप्रति समर्पित हुँदै उहाँकै शिष्यहरुबाट जयश्री संगीत समाज स्थापना भएको हो । गुरु श्रेष्ठको रचना जयश्री तालकै नामबाट यस संस्थाको नामाकारण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी