कन्चनपुर,२१ असार । बेलडाँडी गाउँपालिका वडा नं ५ मा रहेको बैजनाथ माध्यमिक विद्यालयमा भवन निर्माण तथा प्रशासनिक कुरामा आर्थिक हिनामिना गरेको आरोपमा समितिले अवकास भएका प्र.अ.को पेन्सन रोक्का गरेको छ । प्रअको नाममा भ्रष्टारचार भएको देखिन थालेपछि समितिले समितिले अवकास हुन लागेका प्रअको पेन्सन का लागि सिफारीस रोकेको हो ।
लामो समय देखि बैजनाथ माविमा प्रअले चारकोठे भवन निर्माण र प्रसाशनिक खर्च हिनामिना गरेको देखिए पछि सो रकम तिरे मात्र समितिले सिफारिस गर्ने अडान लिएको समितिले बारम्वार रकम तिर्न पत्राचार गर्दा समेत रकम तिर्न नमाने पछि १ बर्ष बित्न लाग्दा समेत कुरो टुङ्गिएको छैन । कुरो त्यति मात्र होइन पुर्व प्रअले सहायक गोविन्द सिह भण्डारीलाई बुजबुझारथ बुझनुस् भन्दै अपुरो कारोबार दिन थालेपछि भण्डारीले गलत नगर्ने बरु आफु यो विद्यालयमा बसी नराख्ने भन्दै उक्त विद्यालयबाट शरुवा मागेर अर्को विद्यालय गएको जनाइएको छ ।
यति मात्र होइन विद्यालयमा समयमा हाजिर नभएको दिन समेत हाजिर गराएको देखिएको छ । तर सरकारले दिने सेवा सुविधाहरु लिनु पर्ने विद्यालय नगएको दिनको हाजिरी नलगाउनु पर्ने स्थानीयको भनाइ रहेको छ ।
प्रअले बदमासी नगरेको भए अहिले सम्म समितिको नाममा उजुरी दिनुपर्ने किन दिएको छैन् भन्ने स्थानीयलाई जिज्ञासा जागेको छ । स्थानीय युवाहरुले सत्यतथ्य घटना बाहिर ल्याउनु पर्ने माग गर्दै अभिभावक भेला तुरुन्त बोलाउनु पर्ने र दोषीलाई सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । विद्यालय हाम्रो साझा सम्पती हो यसको दुरुपयोग र हिनामिना गर्ने अधिकार कसैलाई नभएको युवाहरुको भनाइ छ ।