असार २१ काठमाडौं । काठमाण्डौं उपत्यकामा निरन्तर कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । शुरुमा सुरक्षित नै देखिए पनि घना बसोबास रहेको राजधानीमा दिनहुँ संक्रमिथ थपिने क्रम जारी छ । यस क्रममा आजै मात्र थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा= जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
अनावस्यक बाहिर ननिस्कन र मास्क अनिवार्य प्रयोग गर्न सरकारले अपील गरीरहे पनि पछिल्लो समय लकडाउन खुकुलो प्राय भएसगैँ उपत्यकामा मानिसहरुको ओहोर दोहोर र हिँडडुल बाक्लो हुदै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline