बाउलीमा बाढी आउँदा बस्तीमा क्षति

बाउलीमा बाढी आउँदा बस्तीमा क्षति

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बाजुरा, २१ असार । शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पु¥याएको छ । बडिमालिका नगरपालिका मार्तडी हँुदै बग्ने बाउली खोलाले गड्खेत, सेलाघाट र रापकसम्मका क्षेत्रमा क्षति पु¥याएको हो ।

बडिमालिका–९ सेलाघाटमा २० परिवारको रोपेको धान पूर्ण रुपमा बगाएर क्षति पु¥याएको छ भने गचे थापाको घर जोखिममा पारेको बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टले बताउनुभएको छ ।

बाउली खोला बढेसँगै आसपासको बस्ती जोखिममा परेका छ । सो क्षेत्रका वारिपारि किनारामा रहेका खेत सबै बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बूढीगङ्गा नदी किनारका बस्ती जोखिमपूर्ण बनाएको स्थानीयवासीले बताएका छन् । खारगाड र बाउली खोलाले बडिमालिका–९ का उखाडी, चौराटा र सेलाघाटमा रहेका केही बस्तीसमेत जोखिममा परेको बडिमालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताउनुभयो ।

यस्तै लगातारको वर्षाले बाजुराका त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरा जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी मोहन बिष्टले बताउनुभयो । बूढीगङ्गा नदीले बाजुराका द्वावारी र तिपाडा तथा अछामका साँफेबगर, बुढाबगरलगायत विभिन्न ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् ।

त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानयीवासीले बताएका छन् । वाईवाधु जोड्ने, गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।
त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत जोखिममा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ