विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)ले दियाे प्याबसन, एन–प्याबसनलाई कडा चेतावनी

विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)ले दियाे प्याबसन, एन–प्याबसनलाई कडा चेतावनी

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

इटहरी, २१ असार । अखिल (क्रान्तिकारी) मेची काेशी क्षेत्रिय समन्वय समितले काेराेना महामारीका कारण माध्यमिक तह देखि विश्वविद्यालय तह सम्मका परिक्षा राेकिदा बिद्यार्थीमा अन्योलता छाइरहेको अवस्थामा यसको उचित व्यवस्थापन गर्न अनुराेध गरेकेा छ ।

समितका संयाेजक पुस्प न्याैपानेले एक विज्ञप्ति जारी गरी लामाे समय परिक्षा राेकिदा बिद्यार्थीमा परिरहेकेा अन्याैता हल गर्न सराेकारवाला पक्षसँग आग्रह गरेका हुन् । निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनलाई अभिभावकहरु माथि शुल्क तिर्नका निम्ति दबाब नदिन पनि उनले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘एकातिर यति बेला शिक्षण संस्थाहरु बन्द रहेका छन् , सरकारले समेत वैज्ञानिक र व्यवस्थित तवरले विद्यालयहरु सञ्चालन गर्न सकिरहेको छैन भने अर्कातिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै भर्नाका नाममा शुल्क नलिन निर्देशन समेत गरिसकेको अवस्थामा शिक्षालाई सेवाका नाममा लुटेर आफ्नो साम्राज्य कायम राख्न पल्केको निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनले अनलाइन शिक्षाका नाममा अभिभावकहरुलाई शुल्क तिर्न आह्वान गर्नु गलत छ । यस कदम प्रति हाम्रो संगठन भत्र्सना एवं खेद प्रकट गर्दछ साथै पूर्वका झापा,मोरङ,सुनसरी, धनकुटा,इलाम,पा“चथर,ताप्लेजुङ,तेर्थुमका ८ जिल्लाहरुमा तत्काल यस गलत निर्णयलाई सच्याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदछाैँ “ ।

कोरोना महामारीका कारण जनताको दिनाचार्य नै कष्टपूर्ण बन्दै गइरहेको समयमा निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनलाई अभिभावकहरु माथि शुल्क तिर्नका निम्ति दबाब नदिन चेतावनी दिदैँ विज्ञप्तिमा भनिएकाे छ, “५ , ६ वर्षको अन्तरालमा आलिसान भवन र चिल्ला गाडिमा गुड्ने क्षमता राख्ने शिक्षाका नाममा दलाली गर्न पल्किएका शैक्षिक दलालहरुले शिक्षक र कर्मचारीहरुको श्रम र पसिनालाई अवमुल्यन हिजो बाटै गर्दै आएको हो , बरु यहाँ त शिक्षकहरु प्रयोग गर्दै अव्यवस्थित किसिमको पठन–पाठन आफ्नो लुटको स्वर्ग कायम राख्न गरिएको प्रपञ्च मात्र हो ”  ।

साथै संगठनले संघर्षका कार्क्रम पनि घाेषणा गरेकेा छ । जसअन्तरगत २२ गते ध्यानाकर्षण पत्र बुझाउने, २३ गते विराेध प्रदर्शन र २४ गते काेणसभा रहेका छन् ।

  • फाइल तस्विर 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी