अपडेटः बझाङको भीषण पहिरोमा चार जनाको मृत्यु, अझै तीन वेपत्ता

अपडेटः बझाङको भीषण पहिरोमा चार जनाको मृत्यु, अझै तीन वेपत्ता

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

बझाङ, असार २० । बझाङमा पहिरोमा परेर बेपत्ता भएका सातजनामध्ये चारजनाको मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीनजना छन् ।

४६ वर्षीया राममतीदेवी जेथारा, उनका ११ वर्षीय छोरा प्रियाग जेथारा र सात वर्षीया छोरी अस्मिता जेथाराको शव पहिरोले पुरिएको अवस्थामा आज फेला परेको हो ।

त्यसैगरी, ८० वर्षीय दले जेथाराको शव पनि पहिरोले पुरिएको अवस्थामा फेलापरेको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको अझै अवस्था पत्ता लाग्न सकेको छैन ।

जिल्लाको केदारस्युँ गाउँपालिकामा गएराति राति गाउँमाथिबाट गएको पहिरोले वडा नम्बर–८, मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ