प्रेमिकासंग हामफालेका प्रेमी २२ घण्टापछि मृत फेला

प्रेमिकासंग हामफालेका प्रेमी २२ घण्टापछि मृत फेला

  • शनिबार, असार २०, २०७७
  • डम्मर राज भट्ट

  • 11K
    SHARES

कञ्चनपुर, २० असार। विश्वव्यापी रुपमा महामारी फैलिएको कोभिड९१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला परेका छन् ।

शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त ९२ महुलीयाकी रेनु चौधरी (प्रेमिका) संगै हाम फालेका सो नगरपालिका –२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी (प्रेमि) हामफालेको स्थान बाट १ सय मिटर तल मृत अवस्थामा फेला परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर थापाले बताए ।
प्रेमिका रेनु चौधरी लाई हिजो नै सकुशल उद्धार गरि महाकाली अस्पतालमा उपचार भएको र प्रेमिका संगै नहरमा हाम फालेका प्रेमी बेपत्ता रहेका थिए। मृत्यक राकेश नेपानी सेना दिपायलमा कार्यरत थिए । उनी एक हप्ता अघि बिदामा गर आएका थिए ।


केही समय सम्म उनिहरुले कुरा कानी पछि उनीहरुलाई हाम फाल्न स्थानियले देखेपछि युवतीको भने सकुसल उद्दार गरेका थिए । घटना किन कसरी घट्यो भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ