वीरगञ्ज २०, असार । नेपाल-भारत जोड़ने मुख्य सड़क वीरगञ्ज रक्सौलस्थित मितेरी पुल मर्मत कार्य सुरु गरिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको सहयोगमा उक्त पुल मर्मत कार्य सुरु भएको हो ।
सांसद यादवले आफनो सेवा सुबिधाको रकम बाट मितेरी पुलको मर्मत सम्भार गराएका हुन् । सिमावर्ती भारतीय शहर रक्शौललाई जोडने वीरगञ्ज रक्शौल मितेरी पुल जीर्ण बन्दा आवतजावत गर्ने नागरिकलाई समस्या भएपछि आफुले मर्मतसंभारका लागि सहयोग गरेको सांसद यादवले बताए ।
जनता समाजवादी पार्टीका नेता यादवले दैनिक सयौको संख्यामा मालबाहक गाडी तथा इन्धन बोकेको टयांकर ओहोर दोहोर गर्ने मितेरी पुल जर्जर हुनुको साथै सडक समेत विग्रीएका कारण ठुलो दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे मर्मत सम्भार गराएको बताए ।
उनले भने, ‘सरकारले कर मात्र लिने गरेको छ यस ठाउबाट दैनिक सयौ मालबाहक गाडी तथा पेट्रोलियम पदार्थ बोकेको टंयाकरहरु यही बाटो प्रयोग गरेर आउने जाने गरेका छन तर वर्षौ देखी कुनै पनि किसीमको मर्मत सम्भार गरिएको छैन । ‘

नेपाल तथा भारत दुबै देशका सुरक्षाकर्मीहरुको उपस्थितीमा मर्मत सम्भारको कामहरु गराइएको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले बताए ।