पहिरोमा परि दुईको मृत्यु, ७ जना बेपत्ता

पहिरोमा परि दुईको मृत्यु, ७ जना बेपत्ता

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बझाङ,२० असार । शनिबार बझाङमा गएको पहिरोले दुई जनाको ज्यान लिएको छ भने सात जना अझै बेपत्ता छन् । १८ घर पू बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
शनिबार बिहान २ बजेतिर गएको पहिरोले उक्त क्षति भएको हो । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना गाउँलेको सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानीय लोकेन्द्र विकले बताए ।
अहिले स्थानीयले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गरिरहेको उनले जानकारी दिए । गाउँमा ४० परिवारको बसोबास रहेको छ ।

पहिरो गएको गाउँमा उद्धार टोली बिहानै गएको भए पनि अहिलेसम्म पुग्न सकेको छैन । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डे बताए ।
खोलैखोलाको बाटो हुँदै मल्लेसी जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको हो ।

पहिरोले त्यो गाउँ जाने बाटोसमेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिएका छन् । यद्यपि त्यहाँ उद्धार टोली पुग्नका लागि अझै समय लाग्न सक्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहाँ हेलिकप्टर आवश्यक भए नभएको यकिन गरेपछि मात्रै उडान हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ