कन्चनपुर, २० असार । कञ्चनपुर जिल्लामा एक प्रेम जोडीले नहरमा हाम फालेका छन् । भीमदत्त नगरपालिका–१ को भाँसी स्थित मुल नहरमा उनीहरुले हाम फालेका हुन् ।
२ वर्ष देखि प्रेममा रहेको उक्त जोडीले शुक्रवार एक साथ भाँसी स्थित मुल नहरमा हाम फालेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका २४ वर्षिय राकेश डंगौरा र भीनपा वडा नम्बर २ महोलियाकी २२ वर्षिय रेनु चौधरीले भाँसी बेरियल नजिक रहेको मुल नहरमा हामफालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव प्रहरी निरिक्षक अमर बहादुर थापाले बताए ।
शुक्रवार १२९१ बजे तिर दुवै जनाले नहरमा हाम फालेको प्रत्यक्षदर्शीले बताए । युवतीको भने तत्काल उद्दार गर्न सफल भएको तर युवक भने बेपत्ता रहेको भीनपा वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले बताए ।
वडाध्यक्ष कुँवरलाई प्रत्यक्षदर्शीले तुरुन्तै खबर गरेपछि उनको समुहले युवतीको सकुसल उद्दार गरेको तर युवक भने बेपत्ता नै रहेको जनाइएको छ ।
दुवै जना प्रेमीले नहरमा हाम फालेको प्रत्यक्षदर्शीले बताए पछि स्थानीय सुनिल लामा र टेकेन्द्र मल्ल लगायतको समुह हाम फालेको ठाँउबाट झण्डै तिन सय मिटर तलबाट युवतीको उद्दार गर्न सफल भएका हुन् ।
वडाध्यक्ष कुँवरको बिशेष आग्रहमा उक्त युवाहरुको समुहले युवतीलाई सकुसल उद्दार गर्न सफल भएको हो ।
उद्धार गरीएकी युवतीलाई सामान्य चेक जाँचको लागी महाकाली अस्पताल लगीएको प्रहरीले जनाएको थियो । उपचार पछि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी प्रवक्ता थापाले बताए ।
प्रेमी डंगौराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । २ वर्ष देखि प्रेममा रहेको उक्त जोडीले आपसी समझ्दारी अनुरुप नै नहरमा हाम फालेको खुल्नमा आएको छ । आठ घन्टा बिती सक्दापनी डंगौरा बेपक्ता रहेकोले विपत व्यावस्थापन टोली संगै नेपाल प्रहरी र स्थानियले खोजिकार्य तिव्र पारेका छन् ।
बेपत्ता रहेका प्रेमी डंगौरा नेपाली सेनामा दिपायलमा कार्यरत थिए । भने प्रेमीका चौधरी ओभर सियर पढ्दै गरेकी थिईन ।