गेरुवामा पनि पुग्यो सलह

गेरुवामा पनि पुग्यो सलह

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धम्बोझी, १९ असार । बर्दियाको गेरुवा गाउँपालिकामा सलह देखिएपछि किसान चिन्तित भएका छन् । भारतबाट नेपाल आएको सलह किसानले लगाएका बालीनालीमा देखा परेको छ । गेरुवा गाउँपालिका –ं १ बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो ।
खेतमा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्ने गरेको किसान रामबहादुर थारुको भनाइ छ । भौरा क्षेत्रको गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा तपेन्द्र शाहले बताउनुभयो । सलह देखिएपछि कार्यालयबाट प्राविधिकको टोली उक्त क्षेत्रमा पठाइएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ