आत्महत्याको डरलाग्दो दृष्य, फेसबुकमा लाईभ गरेर पंखामा झुण्डिईन युवती !

आत्महत्याको डरलाग्दो दृष्य, फेसबुकमा लाईभ गरेर पंखामा झुण्डिईन युवती !

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

असार १९ दाङ । पछिल्लो अवस्थामा नेपालमा दैनिक २० जना जतिले आत्महत्या गरीरहेको तथ्यांकले देखाएको छ ।
कोरोना महामारी र लकडाउन पछि आर्थिक, सामाजिक एवं विभिन्न चिन्ता र तनावको सामना गरीरहेका युवाहरुमा अझ बढी आत्महत्याको श्रृखला देखिएको छ ।
यस्तैमा बुधबार राति दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर पंखामा झुण्डिएर आत्महत्या गरेको दृष्यले सबैमा चिन्ता बढाएको छ । नमस्कार गर्दै फेसबुक लाईभमा आत्महत्याको तयारी गरेको देखिए पछि समयमै प्रहरीलाई खबर गरे पछि लोकेसन पत्ता लगाउन र प्रहरी पुग्नु अघि नै करीब तीन मिनेट भित्रै २३ बर्षीया ती युवतीले आत्महत्या गरेकी थिईन् ।
तुलसीपुरको रानीजरुवा क्षेत्रबाट भिडियो लाइभ भइरहेको जानकारी पाएपछि त्यस क्षेत्रका एक युवाको फोन नम्बर पनि प्राप्त भयो । प्रहरीले ती व्यक्तिलाई फोन गरी युवती बसेको घर पत्ता लगायो ।

यति गर्दासम्म युवतीले पंखामा झुन्डिएर आत्महत्या गरिसकेकी थिइन् । यसरी मृत्यु रोज्ने तुलसीपुर–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम हुन् । भिडियोमा पटकपटक नमस्कार गर्दै, कान समात्दै पंखामा झुन्डिन खोज्दै गरेको देखिन्छ । खोज्दा खोज्दै पनि बचाउन सकिएन,’ इलाका प्रहरी तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भने, ‘मध्यरातमा भएकाले घर पत्ता लगाउन कठिन भयो ।’ गौतमले झुन्डिनुअघि ‘मेरो लासको मलामी तिमी हुनु’ बोलको गीत बजाएकी थिइन् । राति साढे १ बजेतिर ३ मिनेट ४० सेकेन्डको भिडियो लाइभ भएको थियो ।
यो लाईभ आत्महत्याले निकै अचम्मित बनाएको छ प्रहरीलाई पनि ।

एलिसाको दुईपटक विवाह भएको र अहिले माइतीमा एक्लै बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए । उनका बुबाआमा रोजगारीका सिलसिलामा एक वर्षअघि भारत गएपछि घरमा उनी एक्लै रहेकी थिइन् । एलिसाको गंगादेव गाउँपालिका–६, रोल्पाका पुरुषसँग ०७० सालमा विवाह भएको थियो । ‘०७१ पुसमा छोरी जन्मेको र उनी अहिले आफ्ना बाबुसितै रहेको थाहा भएको छ,’ पालले भने, ‘छोरी जन्मेको दुई वर्षपछि एलिसाको सम्बन्धविच्छेद भयो । त्यसको दुई महिनापछि गंगादेव–७ का पुरुषसँग फेरि विवाह भएको रहेछ ।’

दोस्रो श्रीमान्ले अर्कै युवती लिएर भारततिर गएपछि एलिसा वैदेशिक रोजगारीका लागि ०७४ मा मलेसिया गएकी थिइन् । ‘सात महिनापछि फर्केर तुलसीपुरस्थित माइतीमा आइन् । माइतीमा केही दिन बसेर काठमाडौं गइन्,’ उनले भने, ‘काठमाडौंमा एक वर्ष बसेर पाँच महिनाअघि तुलसीपुर आएर बसेकी थिइन् ।’ उनी बस्ने गरेको माइतीघरमा १५ महिनादेखि दुई कोठा भाडामा लिएर एक मजदुर बस्दै आएको पालले बताए । उनको कोठाबाट ‘आई लभ यु मम् । मलाई हजुरको धेरै याद आयो । म आज धेरै दुःखी छु । मेरो भाग्य हेर्नु त । म आज अन्तिम अवस्थामा पुगेको छु’ लेखेको नोटबुक प्राप्त भएको उनले बताए । आत्महत्याबारे प्रहरीले साइबर क्राइम ब्युरोसँग समन्वय गरेर थप अनुसन्धान गरिरहेको छ ।
यसमा कसैले दुरुत्साहन गरे नगरेको बारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ