१
उसलाई कुनैदिन जबानीको जोशमा,मिठामिठा नारा मन पर्यो
आजभोलि प्रचण्ड गर्मी भएर होला, घाम भन्दा तारा मन पर्यो
(जसको जङ्गल उसको लाठी, जसका डन उसका पार्टी )२
सर्बहारा नेताज्युहरुको बेत्रावतीमा गोरु जुधाई पारा मन पर्यो
२
पहिले शान्ति सम्झौता भयो, संविधान मिलिजुली लेखियो ।
अहिले कुर्सी कलहलले आपसी मेलमिलापको बाटो छेकियो
(बिकाशको गाडी समृद्धिको दिशामा हाक्ने बेला )२
कठठै,राजनीतिक इजार फुस्क्यो, कुरिकुरी सबथोक देखियो ।।
३
छुस्स दारी, ख्याउटे शरीर फेरिएर कस्तो भयो हजुर ?
सत्तामा छ्दा मोजमस्ती भोग बिलास सस्तो भयो हजुर ?
( भातमाराहरुले माल पाएर चाल पाए पो भन्या)२
बहुमत त, बाँदरको हातमा नरिबल जस्तो भयो हजुर ।।
-भानु ४ तनहुँ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline