नायिका साम्राज्ञीले चरित्र हत्या गरेको भन्दै नायक भुवन केसी न्याय माग्न पुगे चलचित्र संघमा ( निवेदन सहित)

नायिका साम्राज्ञीले चरित्र हत्या गरेको भन्दै नायक भुवन केसी न्याय माग्न पुगे चलचित्र संघमा ( निवेदन सहित)

  • बिहिबार, असार १८, २०७७
  • उषा केसी

  • 34.3K
    SHARES

असार १८ काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार कहलिएका अलटाईमर नायक एवं निर्माता भुवन केसीले उदीयमान नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो चरित्र हत्या गरेको भन्दै न्यायका लागि चलचित्र संघमा निवेदन दर्ता गराएका छन् ।
केसीले निवेदनमा केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै छानबिनको माग पनि गरेका छन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनले दाबी गरेका छन् । ुआजभन्दा ५र६ वर्षअगाडि निर्माण गरेको चलचित्र ुड्रिम्सुमा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ, उनको उजुरीमा लेखिएको छ ।

बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी ‍हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् ।

साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी पनि उनले दिएका छन् ।

आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटो कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ,उनले लेखेका छन्, ुअब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिब ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुनस् त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सुचित गर्दछु ।

यसअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै म्यानेमेन्टको विषयमा बोल्दा उक्त फिल्मको व्यक्तिले दुरव्यवहार भएको, त्यसले आफूलाई अहिले पनि बेला बेला चित्त नबुझ्ने गरेको र त्यो समयमा सानै भएकाले केही गर्न नसकेको बताएकी थिईन् ।

यसअघि साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई तीन ठूला ब्यानारका फिल्मसँग सम्बन्धित व्यक्तिहरुले दुर्व्यवहार गरेको बताउँदै आएकी थिइन् । उनले कसैको नाम उल्लेख नगरे पनि पछिल्लो समय साम्राज्ञीको भिडियो सार्वजनिक हुनासाथ भुवनले फेसबुकमा प्रतिवाद गर्दै स्टाटस लेखेका थिए । त्यसबाटै साम्राज्ञीले लक्षित गरेको पात्र भुवन केसी भएको सबैले अनुमान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी