रास्ट्रघाती एमसिसी विरुद्ध युवाहरुको भुमिका !

रास्ट्रघाती एमसिसी विरुद्ध युवाहरुको भुमिका !

  • बिहिबार, असार १८, २०७७
  • दिनेश

  • 16.2K
    SHARES

 मिलेनियम च्यालेन्ज कर्पोरेसन( एमसिसी ) ले अहिले नेपाली राजनितिमा निकै चर्चा पाएको छ सरकारी नेकपामा भाड मैलो नै मच्चिएको छ एक थरी जसरी पनि लागू गर्नु पर्छ भन्ने लविङ छ भने अर्को थरी केही वुदाहरु सच्याएर मात्र लागू गर्नु पर्छ भन्नेमा छ यथास्थितिवादी नेपाली काङ्ग्रेस पनि एमसिसिको पक्षमा दर्हो संग उभिएको छ अर्को प्रतिवन्धित विद्रोही नेकपा रास्ट्रघाती एमसिसी खारेज गर्नु पर्छ भन्दै रास्ट्रीयता प्रेमी युवा, विद्यार्थी, वुद्घिजिवी र रास्ट्रघाती विरोधी पार्टी, शक्तिहरु संग सहकार्य गर्दै कोभिड – १९ को महामारीको विचमा संघर्ष गर्यो भने स्वस्फूर्त युवा विद्यार्थी एमसिसी विरुद्ध सडकमा आए । एमसिसी वास्तवमा अमेरिकी साम्राज्यवादी मुस्कुराएर आएको बाघ हो र इण्डो – प्यासिफिक कै रणनीति हो भन्नेमा नेपाली जनता कहि पनि दुविधामा पर्नु हुदैन । एमसिसी एक अमेरिकी निगम हो सन २००४ मा विपक्ष दलको पुरै समर्थन पाएर अमेरिकन कंग्रेसले स्थापना गरेको कार्यक्रम हो गरिवी, शिक्षा, विकास, शुसासन, आतंकवाद आदी जे भने पनि अन्ततः आफ्नो साम्राज्य विस्तार गर्ने र देशहरुलाई युद्ध क्रीडा स्थल वनाउनु नै हो अझ भन्दा नेपालमा एमसिसी ल्याउनु भनेको भारतलाई दवावमा पार्ने र चीन घेर्ने रणनिती हो रुपमा जसरी प्रस्तुत भयता पनि सारमा अमेरिकी सेनाको सैन्य क्याम्प खडा गर्नु मुख्य उद्घेश्य रहेको छ ।
एमसिसी इन्डो – प्यासिफिक स्ट्राटेजीकै एक अभिन्न सहयोगी आर्थिक प्याकेज हो इण्डो – प्यासिफिक स्ट्राटेजि मुख्यत : तीन पिलरले वनेको छ । १) आर्थिक रणनीति : यस अन्तर्गत इन्डो- प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव वढाउन आर्थिक सहयोग गर्ने सहयोगको मुख्य माध्यम USAID हो भने अरु माध्यम MCC र OPIC हुन । २) सुरक्षा रणनीति : आफ्नो साम्राज्य विस्तार गर्न, वैदेशिक हस्तक्षेप गर्न , आफ्नो अनुकुल व्यापारमा भविष्य सुरक्षा र आतंकवाद विरुद्धको नाममा सेक्युरिटी स्ट्राटेजी विकास गर्न । ३ ) कुट्नैतिक रणनीति : विश्व प्रभाव विश्व व्यापर र शक्तिशाली अमेरिकाको लागि कुटनैतिक पहलको विकास गर्न । एमसिसी इन्डो – प्यासिफिक स्ट्राटेजीकै महत्वपूर्ण अंग हो यो कुरा साउथ एसिया हेर्ने अमेरिकन सेक्रेटरी डेभिड रयान्जले प्रस्ट भनेका छ्न त्यति मात्रै नभएर अमेरिकन नेपाली दुतावसले पनि प्रस्टै पार्दै आएको छ ।
भनिन्छ मालिक भन्दा कारिन्दा वढी कडा र जिम्मेवार हुन्छ नेपाली दलालहरु नेपाली जनतालाई रनभुल्ल पार्न लागि परेका छ्न अमेरिकी साम्राज्यवाद हिजो पनि विभिन्न वहानामा देशहरुको प्राकृतिक साधन श्रोत माथी युद्घको वलवाट कब्जा गर्ने रणनितिमा थियो आज पनि आर्थिक, विकास, सुसानको दुहाई दिदै पृष्ठ भागका देशहरु माथी कब्जा जमाउने योजना हो भन्ने नेपालका रास्ट्र्घाती दलालहरुले वुझ्नु पर्दछ इराकमा विद्रोह आर्थिक सहयोग इरानमा आक्रमण गर्न सहयोग देखि अमेरिकन सेना इराक प्रवेशदेखि सद्दाम हुसेनको फाँसी सम्म अमेरिकी साम्राज्यवादको नाङ्गो रुप विश्वले हेरैकै त हो ? अनुदान दिनु सत्तामा पुर्याउनु, संवन्धित देशको शासक आफू अनुकुल नचले र अटेर गरे भौतिक रुपमै सिध्याइ दिने र देशलाई तहस नहस पारी दिनु अमेरिकी साम्राज्यवादको धर्म हो । खासै यो वुदा को यो दफा वाइहात सावित हुन्छ सुनियोजित घटना गराई आफ्नो हैकम चलाउनु साम्राज्यवादको भित्री योजना उस्को अर्को छलपकट हो ।
०६८ देखि ०७४ सम्मको ६ वर्षमा विभिन्न ६ वटा सरकारले MCC संग संवन्धित प्रक्रिया निरंतर अघि वढाएको देखिन्छ हुँदै आउदा ०७४ भाद्र २९ गते तत्कालिन नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको गठ्वन्धन सरकारको प्रतिनिधित्व गर्दै तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की ( नेपाल सरकार पक्ष ) र एमसिसी को तर्फ वाट तत्कालिन chif Executive officer mr. jonathan G.Nash ( एमसिसी पक्ष ) ले अमेरिकाको वासिङ्टन डि. सि. मा हस्ताक्षर गरेका थिए । नेपालले एमसिसिका सर्त पनि पूरा गरि रहेको छ कार्यान्वयनका लागि ०७५ जेठ वाट अर्थ मन्त्रालय अन्तर्गत ( मिलेनियम च्यालेन्ज एकाउन्ट ) नेपालको गठन भइसकेको छ ।एमसिसी वाट प्राप्त ५० करोड अमेरिकी डलर (झण्डै ५५ अर्व ) अनुदान र नेपाल सरकारवाट १३ करोड अमेरिकी डलर लगानिलाई यहि निकायले कार्यान्वयन गर्ने छ दुई आयोजना छनोटमा परेका छन जस्मा विदुत प्रसारण र सड्क निर्माण एमसिसिको मुख्य काम हो । विद्युत उत्पादन गरेर भारत र वङगलादेश खपत गर्ने योजना अन्तरगत पर्दछ । एमसिसिले हाल सम्म ४९ देश संग सम्झौता गरि लगानी गरेको छ । ती मध्य २५ देशहरुले आयोजना सम्पन्न गरि सकेका छ्न नेपाल र श्रीलंका वाकी छ्न । हाल लागू भएका देशहरुमा अमेरिकी सेनाको वेस क्याम्प रहेको जानकारहरुको निसकर्स रहेको छ एमसिसी लागू भएको देश भानुअटु का रास्ट्रपति विकेरले स्वयम् अमेरिकी सेना वोलाउदै छ्न । अमेरिकी साम्राज्यवादको रणनिति अन्तर्गत आर्थिक अनुदान आफ्नो स्वार्थ र उपनिवेश नयाँ विकास हो चिनलाई घेर्न नेपाली भुभागको चितवन, पाल्पाको वसन्तपुर र मुस्ताङको माथिल्लो भागमा पर्ने भुभागमा सेना राखेर आफ्नो उपस्थितिलाई मजवुत पार्ने चाल वाहेक अरु केही देखिदैन साथै चिनको उपस्थितिलाई रोक्नु पनि रहेको छ । देशभक्त सवै नागरिक अमेरिकी साम्राज्यवादले हरियो घाँस देखायर वधशाला गर्ने रणनितिको विरुद्ध उठन को विकल्प देखिदैन एमसिसी अनुदान होइन कि ? देशको उदोदिनको सुरुवात हुनेवाला छ सवै युवाहरु रास्ट्रप्रेमी शक्ति आदि सवै आ – आफ्नो ठाउँ वाट एमसिसी विरुद्ध लड्नु पर्दछ । एमसिसी वाट संभावित खतरा : १ ) समाजवादी देशहरुलाई घेर्नु , पुजिवादी व्यवस्थाको प्रचार र विस्तार गर्नु २ ) नेपालको प्राकृतिक साधन श्रोतमाथी कब्जा गर्नु । ३ ) आफ्नै एमसिसीको कर्मचारीको हत्या गरि असुरक्षाको ( आतंकवाद्को ) नाममा अमेरिकी सेना नेपाल भित्राउनु । ४ ) विप्लव नेतृत्वको नेकपालाई हस्तक्षेप गर्नु । ५ ) दक्षिण एसिया र विस्श्वका क्रान्तिहरुलाई नियन्त्रण गर्नु । ६ ) एकाधिकार पुजिको विस्तार गर्नु गरिव देशहरुलाई नियन्त्रणमा राख्नु । ७ ) नेपालको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका माथी हावी हुनु । अन्तमा : अनुदान वाट आउने ५० करोड अमेरिकी डलर रास्ट्रीयता भन्दा माथी हुन सक्दैन अमेरिकाको आफ्नै भित्री योजना छ त्यसले रास्ट्र र जनतालाई पार्ने दिर्घकालिन असर हेर्नू पर्दछ सुरुमा साम्राज्यवादीहरु अनुदान नै ल्यायर भित्रीने गर्दछन र देशलाई खोक्रो वनायर फर्किन्छन तथ्यहरु र उदाहरण थुप्रै छन । हामिलाई एमसिसी अस्वीकार्य छ भोलिको भविस्य युवाहरुको हो युवाहरुनै एमसिसी विरुद्घ आन्दोलनमा सक्रिय हुनु पर्दछ हाम्रो रास्ट्रीयताको लागि वलिदानको कोटा किन पुर्ती नहोस ?
 यो कम्युनिष्ट भनाउदो सरकारले एनसेल, भाटभटेनी लगायतकाले कर छलेको अरवौ रुपैया उठाउन्थ्यो भने , अरवौ भ्रष्टाचार रोक्थ्यो भने यहि रकम वाट ठुल – ठुला विकास र विधुत उत्पादन गर्न सकिन्छ भिक माग्नु पर्ने अवस्था रहदैन तर दलालहरु तयार हुन नसक्नुले नेपाली जनता र रास्ट्रीयताको जीवन धरापमा छ यो व्यवस्था रहुन्जेल ठुल – ठुला रास्ट्र्घातको सामना गर्नु पर्ने हो भन्न सकिने अवस्था छैन तसर्थ नेपालमा क्रान्तिको आवश्यकता छ यी सवै समस्या समाधानको उपाय एकीकृत जनक्रान्ती र नेपालमा वैज्ञानिक समाजवाद स्थापनाले मात्र सवै समस्याको समाधान र स्वाधिन नेपालको परिकल्पना गर्न सकिन्छ । हस्तक्षेप र दलालहरुको अनत्य अवस्य छ इन्डो – प्यासिफिक स्ट्राटेजीकै अङ्ग एमसिसी विरुद्ध सम्पुर्ण युवाहरु एक ढिक्का भयर अघि वढौ स्वाधिन्ताको लडाईमा आज अपरिहार्य युवाहरुको भुमिका मुख्य भएको छ ।
लेखक : युवा संगठन नेपाल , केन्द्रिय समितिका उपाध्यक्ष हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी