कागले सलह खाँदा रमाए काठमाडौबासी

कागले सलह खाँदा रमाए काठमाडौबासी

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, १८ असार । काठमाडौंबासी मंगलबार आकाशतिर हेरेर रमाए । किनकि ‘बाली र हरियालीलाई पूर्ण क्षति गछ’ भनिएको सलह किरालाई बथानका बथान कागले खाइरहेका थिए ।

सलह भगाउन थाल ठटाउने, आगो बालेर धुँवा निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाय अपनाएको पाइन्छ । तर काठमाडौमा त्यस्तो कुनै उपाय गर्नुपरेन ।

कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष भूमिका हुन्छ नै । अझ हिन्दु समाजले कागलाई पूजा गर्छ । कागको सम्मानमा पर्व नै छ–काग तिहार ।

सलहको आगमनसँगै काठमाडौैबासीले आफ्नो संस्कृति र जीवन पद्धतिसँग जोडिएका कागको थप महत्व महसुस गर्न पाए ।

चराविज्ञ हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा दिएको बताउँछन । बराल भन्छन–‘कागले सलह खाएको त एउटा उदाहरण मात्र हो । यस्ता धेरै चराले सलह खाए होलान । आहारमात्र पाएनन्, सलह नियन्त्रणमा पनि सहयोग भयो ।’ -नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ