धुलिखेल, १७ असार । धुलिखेल नगरपालिका-२ रबिओपीमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
लकडाउनकाे समयमा दिउँसो बनेपाबाट रबिओपि लोड लिएर जाँदै गरेकाे बा ४ ख ६३८६ नम्बरको टिपरले बा ३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार बेदप्रसाद कोइराला र गोवर्द्धन कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । मृतक दुई जनाको शव बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा राखिएको छ।
टिपर चालक घटना भएलगत्तै फरार रहेको प्रहरीले जनाएकाे छ । लकडाउनको समयमा नेपाल सरकारले दिउँसो टिपर चल्न नदिए पनि उक्त टिपर प्रहरीलाई छलेर गुडेको स्थानीयकाे भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline