काठमाडौँ असार १७ । असार १४ गते अछाममा मृत्यु भएका एक युवामा कोरोना पुष्ष्टी भएको छ । यो सगैँ देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थप एक व्यक्तिको मृत्युको पुष्टि गरेको हो ।
अछामका रामरोसन गाउँपालिकाका वडा नं ५ का ४५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । उनको असार १४ गते बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमहेका बिरामी थिए ।
मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन गरिएको थियो । उनमा असार १६ गते कोरोना पोजिटिभ आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline